शनिबार, आश्विन १७ गते २०८३

जनबादी कलाकार बिष्णु शर्माकाे ससम्मान अन्त्येटि

फाल्गुण २५, २०७८ बुधबार
जनबादी कलाकार बिष्णु शर्माकाे ससम्मान अन्त्येटि

सीताराम थापा
( विशेष संबाददाता) 

जनबादी कलाकार तथा रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्मा ( क. प्रभात) को पशुपति आर्यघाटमा  एक कार्यक्रम बिच सम्मानपूर्बक  अन्त्येष्टि गरिएको छ ।
बिष्णुको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) काे प्रवक्ता राम प्रकाश पुरीले पार्टीको लाल झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा मशालका प्रवक्ता पुरीले शर्माको निधनले जनवादी आन्दोलनमा अपुरणीय क्षति भएकाे बताएका थिए ।
उनले कमरेड प्रभात( क. प्रभात) ले पार्टीले आह्वान गरेका हरेक आन्दोलनहरुमा सबै भन्दा सक्रिय सहभागिता र प्रतिवद्धताका साथ लाग्ने र  बिचारमा सधै बिचलन नहुने नमुना कार्यकर्ताको रुपमा सधैँ काम गरेकाे स्मरणीय रहने छ भने ।

बिष्णु शर्मा.jpg

  क. बिष्णु  पार्टीका हरेक निर्णय र निर्देशन मान्ने गरेपनि आफ्नै स्वास्थ्यको ख्याल गर्न गरिएको आग्रहप्रति भने अलि वेवास्ता गरेको जनाए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले विष्णुलाई बचाउन गरिएको प्रयासहरु बारे संक्षीप्त जानकारी दिएका थिए । उहाँले अस्वस्थ अवस्थामा समेत आराम नगरेर सांस्कृतिक अभियानमा निरन्तर आफै खटिरहने विष्णुको अभाव पार्टी र जनबादी आन्दोलनलाई सधैँ खट्किरहने बताए ।

 रक्तिम सांस्कृतिक अभियानकाे अध्यक्ष रेम रानाले जनसांस्कृतिक आन्दोलनले एउटा भरपर्दो महत्वपुर्ण सहकर्मी गुमाएकोमा दुख प्रकट गरेका थिए ।
अधिवक्ता लक्ष्मणदेव पाण्डेले सञ्चालन गरेकाे  कार्यक्रममा रक्तिमका पूर्व अध्यक्ष तथा अग्रज जनबादी कलाकार जीवन शर्माहरूले पनि श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।

कलाकार.jpg

अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, राष्ट्रिय सभा सदस्य राजेश विक लगायत विभिन्न जनवर्गीय संगठनका नेता, कार्यकर्ता, आफन्त र शुभचिन्तकहरुको व्यापक सहभागिता रहेको थियो ।
अन्त्येष्टिका क्रममा एक मिनेट मौन धारण गर्नुका साथै मृतकको पार्थिव शरीरमा फूल माला अर्पण गरी अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
बागलुङ घर भएका शर्माको  काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा असामायिक निधन भएको थियो ।