शनिबार, आश्विन १७ गते २०८३

नारी दिवस एउटै गाठाे

फाल्गुण २४, २०७८ मंगलबार
नारी दिवस एउटै गाठाे

sthapa.jpg

सीताराम थापा

११२औं श्रमिक नारी दिवस मनाईरहेछाै,

आधा धर्ति नारीकाे सम्मानकाे निम्ति,

कति खर्च भाे हाेला गनाै अब गिन्ति,

हाम्राे सम्मान कहाँ पुग्याे भन अनगिन्ति !

श्रमिक महिला चुलाेचाैकाे देख्ने काेहि छाै कि?

बलत्कार चीत्कार गुम्नाम खाेज्ने काेहि छाै कि?

नारी अस्मिताकाे लागि लडिराख्या हाै कि,

आफ्नै स्वार्थ सिद्व गर्न दिवस अनगिन्ति।

दाेश्राे दर्जा भनिराख्याै जुगाै देखि कत्ति?

बंश धान्ने बनाई राख्याै, त्याे नै सम्मान कम्ति,

अंश दिने भनी राख्याै, हक पाकाे छाैं कि ?

पुरुष प्रधान सत्ता धान्न यस्ताे अनगिन्ति।

नारी जाति एक भई हिडाै फेर्न उम्कि

हामि मात्र कहाँ हाे र, शाेषणका धम्कि

दुख पाका नीर बगाकाे सब लाई समेटि

याैटै गाठाे बन्नु सक्छाै, पीर हुने अनगिन्तिर ?