शहबाज खान/कपिलवस्तु
मुस्लिम आयोगका अध्यक्ष भए पछि मुस्लिम हक अधिकार उत्थान विकास तथा मदरसा,चिहान(कब्रिस्तान)हरुको संरक्षण मुस्लिम बाल बालिकाहरुको लागि लोक सेवा तैयारी कक्षा संचालन तथा मुस्लिम महिलाहरुको लागि सिलाई कढ़ाई जस्ता कार्यक्रम एनजीओहको माध्यमले संचालन गरी शिक्षित तथा सचेत गर्ने जस्ता कार्यहरु गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु थप गर्ने मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले बताएका छन्।
अध्यक्ष अन्सारीले मुस्लिम समुदायबाट आएका सुझाव सल्लाहलाई समेटेर नीति निर्माण गरि रहेको बताए। मुस्लिमहरुको शिक्षामा मदरसाहरुको ठुलो योगदान रहेको कारणले शिक्षा मंत्री लाई भेटेर मदरसालाई मुलप्रवाहिकरणमा ल्याउन पटक पटक दबाव दिदै आएको उनले बता।ए । आयोगले वार्षिक प्रतिवेदन माध्यमले समुदायका बिभिन्न समस्या बारे समाधानको लागि सिफारीस गरि राष्ट्रपति समक्ष पेश गरे हो त्यो पनि जुन तरिकाले सदनमा मुद्दाहरुमा सांसदहरुले बहस गर्नु पर्ने हो त्यों तरिकाले गरेको हामी बाहिर सुन्न नपाएको गुनासो समेत उनले ब्यक्त गरे ।
संविधान जारी हुनु भन्दा अंगाड़ी नै मुस्लिम समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको लागि कयौं पटक बहस आन्दोलन गरियो र २०७२सालको संविधानमा छुट्टै क्लस्टर कायम गरेको र ६ वर्षको अन्तरालमा हामी क्लस्टर त पायो तर दुर्भाग्यबस प्रयोग गर्ना पाएनौ कानुन पास नभएर छलफलको बिषयमा राखि ओझेलमा परेको र पटक पटक मुस्लिम आयोगको तर्फबाट सम्बन्धित समिति,सांसद सचिवालय, प्रधानमंत्री कार्यलय र लोकसेवा आयोगलाई पत्राचार गरेर छिटो भन्दा छिटो कानुन पास गर्नाको लागि आग्रह गरे पछि बल्ल कानुन पास हुने आश्वासन पाएको अध्यक्ष अन्सारीले बताए ।
साथै मुस्लिम आयोगले अत्यन्त गम्भीर भएर मुस्लिम समुदायको उत्थान र विकासकों लागि मुस्लिम बाहुल प्रदेश सरकारहरु संग छलफल गरि आआफ्नो प्रदेशमा रहेका मुस्लिम समुदायका समस्यालई समाधान गर्नाको लागि आग्रह समेत गरेको उनले जिकिर गरे।
सोमवारका दिन कपिलवस्तुको कृष्णानगर नगरपालिका ३ मा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगरको आयोजनामा समाज विकासमा मदरसाहरुको भुमिका एवं भुमिका तथा सम्मान कार्यक्रम प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारी विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा. मिर्जा अरशद बेग,मा.महमदिन अली तथा अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी,वडाध्यक्ष सगीर अहमद,वडाध्यक्ष जमील अहमद,डा जहीरुल खां रहेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा.मिर्जा अरशद बेगले कार्यक्रमलाई सम्बोधन गर्दै भने – पछाडि पडेका समुदाय शिक्षाबाट वंचित रहेका समुदायलाई कसरी मुलधारमा ल्याउनु पर्छा कसरी शिक्षित बनाउने त्यों सोच जब सम्मा सम्बन्धित निकायमा बसेका पदाधिकारीको तयार हुदैन तबसम्म समस्याको समाधान हुन्न। मुस्लिम आयोग सम्बैधानिक आयोग बनिसकेपछि हामी निरन्तर समस्याहरुको समाधान खोजी सम्बन्धित निकायहरु संग छलफल गरेका छौ र छिटै बदलाव आउने बेगले आशा गरिरहेका छौं ।
लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले लुम्बिनी प्रदेश भित्र रहेका मदरसाहरुको स्थिति र प्रदेश सरकारले यो आ.व.को वजेट विनियोजन गर्दा मदरसाहरुको समावेशिता बारे जानकारी गराउदै मदरसा शिक्षा मुलप्रवाहिकरण तथा मुस्लिम समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको समस्यालई छिटै समाधान गरि पुर्णरुपमा व्यवहारमा ल्याउनको लागि पहल गर्ना कार्यक्रममा उपस्थित मुस्लिम आयोगका पदाधिकारीहरु संग अनुरोध गरेका थिए । यो कार्यक्रमका संचालन युवा व्यापारी मिर्जा राशिद बेगले गरेका थिए।