बिश्वमा बहुसंख्यक बिपन्न मानिसहरु कसरी जीवन जिउने भन्ने गए गुज्रेको नाजुक अबस्थाबाट गुज्रिरहेका छन् भने सानो तप्का अत्याधिक सम्पन्न बन्दै गएको छ । यसरी थोरै सम्पन्न अत्याधिक बिपन्न बीचको खाडल पुरिनुको साटो झन झन फराकिलो हुँदै गएको छ ।
यस सम्वन्धि अनुसन्धान गर्दै आएको फर्म नाइट फ्रेंकले ‘द वल्र्ड रिपोर्ट–२०२२ को आफ्नो ताजा संस्करणमा प्रष्ट बताएको छ कि बिश्व स्तरमा अत्यधिक सम्पन्न धनी मानिसहरुको संख्या २०२१को ९.३ प्रतिशतबाट ११ प्रतिशत पुगेर २०२२ मा अर्बपतिहरुको संख्या ६,१०,५६९ पुगेको देखाइएको छ यसभन्दा अघि विश्वमा अर्बपतिहरूको संख्या ५ लाख ५८ हजार ८२८ रहेको थियो ।
सार्बजनिक गरिएको रिपोर्टका अनुसार कोरोनाकालमा पनि सम्पत्तिवानहरुको सम्पत्तिमा भारी वृद्धि भएको छ भने निर्धनहरु अझ खस्किएको अवस्थामा पुगेका छन् । हाल विश्वका सम्पन्न अर्बपतिहरुमा अमेरिकामा ७४८ चीनमा ५५४ र भारतमा १४५ संख्या रहेको उल्लेख गरिएको छ । यसरी सम्पत्ति संकेन्द्रिकरण हुनुको कारण डिजिटल प्रविधिका कारण चालु रहेको क्रिप्टो करेन्सी, शेयर बजार आदिलाई औंल्याइएको छ । यो विषमताको निराकरण गर्ने कुनै ठोस पहलकदमी नलिइए यसले दूरगामी दुष्परिणाम पनि ल्याउन सक्ने सम्भावनालाई कसैले नकार्न सक्तैन ।