नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन भएकोमा तीब्र निन्दा र भत्र्सना गर्दै बक्तब्य निकालेको छ । पार्टीका कार्यबाहक अध्यक्ष लोकनारायण सुबेदीले हिजो फागुन १६ गते प्रकाशित गरेको बक्तब्यमा ब्याख्यात्मक टिप्पणीको पर्दा हालेर नेपालको स्वाधीनता स्वतन्त्रता र नेपाली जनताको नागरिक सर्बोच्चतामा खलल पुर्याउने अमेरिकी साम्राज्यबादको शर्त र स्वार्थमा केन्द्रित यस्तो किसिमको सम्झौताको अनुमोदनले नेपाली जनताको राष्ट्रियताको आन्दोलनको शीर झुकाएको र देशलाई औपनिबशीकरण गर्न मद्दत पुर्याएको औंल्याउँदै अब नेपाली जनताले बृहत साम्राज्यबाद बिराेधी मोर्चा बनाएर साम्राज्यबाद बिरोधी असल राष्ट्रिय परम्परालाई अघि बढाउनु बाहेक अरु कुनै बिकल्प नरहेको प्रष्ट पारेको छ । बक्तब्यमा साम्राज्बाद परस्त बिबिध रंगका शक्तिहरूकाे भण्डाफाेर गर्दै नेपाली जनताकाे एकताकाे निम्ति पनि जाेडदार अपिल गरेकाे छ । बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :