बुधबार, भाद्र ३ गते २०८३

घमण्डले जीवन भो खरानी

फाल्गुण १४, २०७८ शनिबार
घमण्डले जीवन भो खरानी
kharani.jfif
इन्द्रनारायण सुबेदी
(उपजाति )
==================================
आचार निष्ठा जति छोडिँदैछन्
सुमार्गका बन्धन तोडिँदैछन्
आफैँ उकालो किन बग्छ पानी
घमन्डले जीवन भो खरानी।१।
 
विवेकको चिन्तन छैन आज
विध्वंसले गर्दछ नित्य राज
सन्सार आफ्नो वशभित्र ठानी
घमन्डले जीवन भो खरानी।२।
 
नि:स्वार्थता मानवता हरायो
धरा बन्यो जीर्ण र धर्मरायो
छन् दुष्टका दुर्जन नै जमानी
घमन्डले जीवन भो खरानी।३।
 
छ अस्मितामा पनि प्रश्न आज
स्वाधीनता खोस्न भनेर बाज
हेर्दै छ मौका कमजोर ठानी
घमन्डले जीवन भो खरानी।४।
 
दासत्व मान्नेसँग साहु खेल्छ
उठोपुरोले अनिकाल ठेल्छ
सम्झन्छ आफैँ अझ भाग्यमानी
घमन्डले जीवन भो खरानी।५।
================================
समस्या साभार:---प्रतिभा निकुञ्ज
 
Like
 
 
 
Comment