शनिबार, आश्विन १७ गते २०८३

नेपाललाई नयाँ यूक्रेन हुनबाट जोगाऔं !!

फाल्गुण १२, २०७८ बिहीबार
नेपाललाई नयाँ यूक्रेन हुनबाट जोगाऔं !!
Mahadeep.jpg
महादीप पाेखरेल
 
रूसी सैन्य अप्रेसन युक्रेन तिर बढ्दैछ। यसको सम्पूर्ण जिम्मेवारी अमेरिका र नेटोले लिनपर्छ।
 
१) यो सोवियत सङ्घबाट अलग भएका र रूसको नजिक रहेका पूर्वी यूरोपियन देशहरूमा नेटोको विस्तार नगर्ने भनेर रूससङ्ग भएको सम्झौताको उल्लङ्घनको परिणाम हो।
 
२) यूक्रेनलाई नेटोमा सामेल गरेर रूसको घेराबन्दी गर्नका लागि सन २०१४ मा अमेरिकाले निर्वाचित राष्ट्रपती याकुनोविचलाई अपदस्त गर्न लगाएर २०१९ मा नेटोमा आबद्ध हुनका लागि निवेदन हाल्न लगाउनुको परिणाम हो।
 
रूसलाई घेराबन्दी गरेर त्यसलाई कमजोर बनाउने पश्चिमा साम्राज्यवादी रणनीतीको प्रतिकार गर्नु रुसको अधिकार हो। यस्ता कुरा बुझ पचाएर आफ्नो बचाउका लागि बाध्यात्मक कदमचाल्ने रूसको आलोचन गर्नुको कुनै तुक छैन।नेपालमा पनि अमेरिकी साम्राज्यवादका दलाल र एमसीसीका पिछलग्गुहरुको निम्ति रुसको बिरोध गर्ने नयाँ जागिर खुलेको छ।
 
अर्को थप तथ्य :
 
१) राष्ट्रिय गठबन्धनको बात छोड भुईफुट्टाहरु हो ,अब अन्तर्राष्ट्रिय गठबन्धन महत्वपूर्ण र निर्णायक भैसकेको छ।
 
२) संसदीय नेताहरू हो,तिमीहरूको मृत्यु त निश्चित छ। एमसीसी फेल गर्दा सिअाइएले सिध्याउछ,पास गर्याै भने चाइनिज मिसाइल र जनताले समेत तिम्रा खप्परमा बन्चरोले हान्नेछन्। बरु एमसीसी भनेर गौरवमय शहिदी मृत्युलाई स्विकार गर !!
अहिले देशभक्तहरु चाहिँ नेपाललाई नयाँ युक्रेन बन्न नदिन खटिरहेका छन,ख्याल गर ।
 
साभार : महादीपजीकाे मुहारपुस्तिकाबाट