बुधबार, भाद्र ३ गते २०८३

अल्का अस्पताल १६ वर्षमा, आइभिएफमा एक हप्तासम्म निःशुल्क ओपिडी 

फाल्गुण ३, २०७८ मंगलबार
अल्का अस्पताल १६ वर्षमा, आइभिएफमा एक हप्तासम्म निःशुल्क ओपिडी 

 


ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो। ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालन गर्नुभएको हो।  स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा सय शैया छ।

१६ वर्ष पुग्दा हामी निकै खुसी छौ्र, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भने,’ हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौं। अध्यक्ष थापाले सेवाग्राहीले अस्पताल प्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधै सम्झिरहने बताए। 

सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक बिद्या थापा श्रेष्ठले जानकारी दिए । अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो। 

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको छ। 
अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ। नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडी छ। 

१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ । वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले आइभिएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबार बाहेक ओपिडी निशुल्क गरेको छ। आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभिएफ र आइयुआइमा विशेष सहुलियत दिइने अल्का अस्पतालले जनाएको छ।