बुधबार, भाद्र ३ गते २०८३

आंखा शिविरबाट अस्पतालसम्म पुग्न नसक्ने असहायहरुलाई राहत

माघ २६, २०७८ बुधबार
आंखा शिविरबाट अस्पतालसम्म पुग्न नसक्ने असहायहरुलाई राहत
 कृष्णानगर/कपिलवस्तु सञ्चारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा कृष्णानगर नगरपालिका वड़ा नं.१० को‌ बकौली तथा अमौलीमा संचालन‌ भएको छ । दुईदिने चेकजाँच शिविरमा २७३ जनाको अाँखा परीक्षण गर्दा ६१ जना मोतियाबिंदुका विरामीलाई छन्द कालेबाबु नारायणी आंखा अस्पताल बहादुरगंजले आफ्नै सवारी साधन प्रयोग गरी विरामीहरुलाई अस्पताल लगि निःशुल्क अप्रेशन गर्ने तैयारी भएको छ । त्यसैगरी ७५ जना आँखा विरामीलाई चश्मा तथा १२० जनालाई औषधी वितरण गरेको अस्पतालका प्रशासनले बताएको छ।
kapil.jpg
 
नेत्र ज्योति संघ, छन्द (कालेबाबु)‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ नारायणी आंखा अस्पताल बहादुरगंजले कपिलवस्तु जिल्लाभरिका ग्रामीण क्षेत्रमा पुंगेर अस्पताल सम्म पुग्न नसक्ने गरिब पिडीत असक्षम तथा वृद्धाहरुको लागि आंखा शिवीर‌ संचालन गरि मोतियाबिंदका बिरामीहरु लाई निशुल्क अप्रेशन, चश्मा लाग्ने विरामीलाई निशुल्क चस्मा तथा औषधी बाट निको हुने विरामीलाई निशुल्क औषधी वितरण गरेको‌ सेवा आफैमा सराहनीय तथा प्रशंसायोग्य रहेको र कृष्णनगर नगरपालिका वडा १० का जनता लाई शिविरको माध्यमले २७३ जनालाई दिएको सेवा प्रति अस्पताल प्रशासन, स्वास्थ्यक्रमी,तथा सहयोगीहरुलाई हृदय देखि धन्यवाद र आगामी दिनमा पनि उक्त अस्पताल बाट यस्ता कार्यक्रमहरु संचालन गरि गरिब पिडीत असक्क्षम तथा वृद्धि वृद्धाहरु लाई सेवा तथा सहयोग गर्ने आशा रहेको सञ्चारकर्मीशहबाज खानले अवगत गराएका थिए।
Ankhakapil.jpg
 
उक्त २ दिने आंखा शिविर कार्यक्रम सफल बनाउनको लागि पुर्व प्रधान मनबहाल खां, दिलशाद अहमद खां, बलवन्त गुप्ता, देविदिन यादव, मुर्तुजा खां लगायतहरुले यथेष्ट सहयाेग गरेका थिए।