बुधबार, भाद्र ३ गते २०८३

नेपाल राष्ट्र बैंकद्वारा विकाश ऋणपत्र २०८० का लागि आव्हान

माघ २४, २०७८ सोमबार
नेपाल राष्ट्र बैंकद्वारा विकाश ऋणपत्र २०८० का लागि आव्हान


नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८० जारी गर्ने भएको छ । बैंकले एक सूचना जारी गरी २ वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’ बोलकबोलमार्फत निष्काशन गरिने जनाएको हो । ९ अर्ब पचास करोड रुपैया बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंकवित्तीय संस्थ, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले निवेदन दिन पाइनेछ । 

माघ २५ गते अपरान्ह ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबल पेश गर्नुपर्ने हुन्छ भने माघ २६ गते यसको निष्काशन गरिनेछ । ऋणपत्रमा पाइने ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ । न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी अधिकतम रकमका लागि निवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएकोछ । 

rinpatra-1.jpg

rinpatra 2.jpg