भारतकी प्रसिद्ध र प्रतिष्ठित कोकिलकण्ठी गायिका लता मंगेश्करको ९२ बर्षको उमेरमा आज निधन भएको छ । उनको आजै साँझ सम्मानकासाथ अत्येष्टी हुने कुरा भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
वयोवृद्ध गायिक लता यसै वर्ष २०२२ को पहिलो महिना जनवरीमा कोभिड–१९ सङ्क्रमित भएपछि मुम्बईको एक नीजी अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा उपचाररत थिइन्।
आधा शताब्दी लामो असाधारण साङ्गितिक यात्राका क्रममा उनले ३६ भाषामा ५०,००० भन्दा बढी गीत गाएको बताइएको छ ।

लतालाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा उनले गरेको कामले गर्यो । तथापि गाना गाउँदा उनी आफुलाई सबैभन्दा खुशी र आनन्द लाग्ने गरेको उनले बताउदै आएकी थिइन् । उनी भारत रत्न सम्मानबाट सम्मानित थिइन् ।
उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो।
उनी अबिबाहित रहेकी थिइन् । उनकी बहिनी आशा भोसले पनि चर्चित गायिका नै थिइन्
पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्। दिनानाथ त्यस बेला थिएटर कलाकार थिए। यी भारतकी बिश्व प्रसिद्ध गायिकाले नेपालीमा पनि गीत गाएकी छन् ।