शनिबार, आश्विन १७ गते २०८३

हामी न्याय कसैलाई बेच्नेछैनौँ, हामी न्याय दिन इन्कार गर्नेछैनौँ, हामी न्यायमा ढिलाई गर्नेछैनौँ 📖 : म्याग्ना कार्टा

माघ २१, २०७८ शुक्रबार
हामी न्याय कसैलाई बेच्नेछैनौँ, हामी न्याय दिन इन्कार गर्नेछैनौँ, हामी न्यायमा ढिलाई गर्नेछैनौँ 📖 : म्याग्ना कार्टा
brook.jfif
चन्द्रमणि गाैतम
सन् १२१५ मा बेलायतका अत्याचारी र निरंकुश राजा जोहनलाई काबुमा राख्न त्यहाँका ब्यारोन (भारदार) हरूले म्याग्ना–कार्टा (बडापत्र) को नामले एउटा लिखत गराए । Magna भन्नाले great हो Carta भनेको अर्थ Charter, अर्थात् The Great Charter (बडापत्र) भन्ने हो, हामीले धर्मपत्र वा महाधिकारपत्र भनेको ।
 
म्याग्नाकार्टा, गर्ने र गराउने दुवै प्रजातन्त्रवादी भएकोले उत्पत्ति भएको चाहिँ होइन । राजाले राज्यको चरम दुरुपयोग गरेको महसुस गरी भारदारहरूले राजालाई लखेटेपछि दक्षिणपश्चिम लण्डनको रनीमेड भन्ने ठाउँमा पुगेपछि राजा यो महाधिकारपत्र (धर्मपत्र) गर्न तयार भएका थिए । म्याग्नाकार्टामा ६३ दफा छन् । माथि प्रस्तुत प्रतिबद्धता, दफा ४० को हो ।
बेलायतको लिखित संविधान भन्नु नै योबाहेक केही छैन। म्याग्नाकार्टाका कतिपय बुँदाका भावना आज विश्वका धेरै मुलुकमा लागु भएको छ । जस्तो कि म्याग्नाकार्टामा उल्लेखित एउटा बुँदामा ‘हामी जनताका प्रतिनिधिको सहमतिबिना जनताबाट कर उठाउने छैनौँ’ भन्ने छ । जनप्रतिनिधिले मात्र निर्माण गरेको कानुन राज्यलाई मान्य हुने व्यवस्था पनि यसैको उत्प्रेरणा हो भन्न मिल्छ।
 
यसलाई विश्वका सबै जनप्रतिनिधिमूलक संसदहरूले मानेका छन् भने अमेरिकी स्वतन्त्रता संग्रामको एउटा नारा “जनताको प्रतिनिधित्व नभए करारोपण गर्न नपाइने” (No taxation without representations) म्याग्नाकार्टाकै प्रेरणा हो ।
साभार : चन्द्रमणि गाैतमजीकाे मुहार पुस्तिका