शनिबार, आश्विन १७ गते २०८३

जिन्दगीको यात्रा

माघ २१, २०७८ शुक्रबार
जिन्दगीको यात्रा
Prem Sinha Basnyat.jpg
इन्द्रनारायण सुबेदी
(भुजङ्गप्रयात)
=======================
 
बगेझैँ नदीमा अविच्छिन्न पानी
लिई मार्ग दौडिन्छ यो जिन्दगानी
अविश्रान्त यात्रा रहेसम्म सास
यहाँ देखिने गर्छ अस्तित्व खास ।१।
 
लियो जन्म यो जिन्दगीले धरामा
यही लोकको सृष्टि फुल्ने गरामा
यहीँ खेल्छ दौडिन्छ यो बारबार
सधैँको छ धावा सधैँको हतार।२।
 
कहाँबाट आयो कहाँ पुग्नुपर्छ
कहाँसम्म सन्सार यो रुङ्नुपर्छ
थाहा नै विना चल्छ यो रेल गाडी
बिसौनी र घुम्ती सयौँ कोस छाडी।३।
 
पुगी मृत्युमा मात्र टुङ्गिन्छ यात्रा
त्यहाँ पुग्नकै निम्ति हो खेल जात्रा
नचाही स्वयं विश्व यो छोड्नुपर्छ
र यात्रा नयाँ मार्गमा मोड्नुपर्छ।४।
========================