
सीताराम थापा
मान्छे भएर बाच्न ईतिहासमा जनताले आँसु र पसिना बगाए।
वाद शाहहरु लाई घाेडा बाट खसाल्ने आट गर्न रक्तबिज भएर जन्मिए,
खुनी रक्त पिपासु शाषकहरु बदल्न जीवन बलिदान दिए र सहिद भए
समाज फेर्न र बदल्न गीत गाए,साहित्य सृजना भए, अगुवा बने
देसमा बस्न नसकेर प्रवासी भए अनेकानेक रंङ्गि बिरंगि झण्डा उठाए
भाेक राेग र शाेक बिरुद्व जीवन दिए समानता र न्यायकाे खातिर शहीद भए
ब्यवस्था बदलिदै गयाे, पात्र उहीँ रह्याे,सत्ता फेरिदै गयाे प्रबृति उस्तै रह्याे,
सहिदकाे गाथा गाउने संस्कृतिले जनताले के पायाे?
उत्पीडित गरीबकाे संसारमा आज पनि शाेकधुन बजि रह्याे।
द्वन्दपीडितहरुकाे आँसु आज पनि किन रसायाे?
उत्पीडित, दलित गरिबीकाे सपना बेचेर
शहीदकाे लासकाे आंगकाे चांगमा उभियर
ए ! सुन्दर मानुस तिमीले यस घडीमा शहीद दिवस कसरी मनायाै ?
श्रद्वान्जलि भनिदिएर, माल्यार्पण गरेर, माैनधारण गरेर, वा फगत शहीदकाे
सपना पूरा गर्ने भाषण गर्दै शाेकधुन बजाएर?
ए ! मान भएकाे मानुस
शहीदको सपना साकार पार्ने सपना बुनिरहदा तिम्राे सपना चाहिँ साकार पारिरहेका त छैनाै ?
सुन्दर अगुवा, शहीद र पीडितकाे फाेटाे टासेर आफ्नै र आफन्तकाे सपना पूरा गरेका त छैनाै ?
लेखक कवि एवं अभियान्ता हुन्।