
सहिद गंगालाल श्रेष्ठको जन्म बि.सं.१९७५ फागुन पुर्णिमाका दिन रामेछापकाे भंगेरी गाउँमा बुबा भक्तलाल र आमा तुलसीमायाकाे काेखबाट भएकाे थियाे।
बाल्यकाल देखिनै जुझारु गंगालाल नेपाल प्रजापरिषद पार्टीमा आवद्ध भई जनताकाे न्याय,समानता र प्रजातन्त्रका लागि बि.सं.१९९७ कार्तिक २ गते ईन्द्रचाेककाे विशाल आमसभामा तात्कालिन शासक बिरूद्द जाेसिलाे भाषण गर्दै गर्दा पक्राउ परे।पढाइमा तीक्ष्ण दरवार हाईस्कूलबाट म्याट्रिक पास गरेका निडर स्वभावका उनी सहित अन्य २२ जनालाई मुद्दा चलाई ४ जना (शुक्रराज जाेशी "शास्त्री", धर्मभक्त माथेमा,दशरथ चन्द र गंगालाल श्रेष्ठ) लाई माघ ६ गते १९९७ सालमा राजा त्रिभुवन तथा अन्य भाईभारदारहरूकाे समुस्थितिमा सिंहदरबारमा श्री ३ जुद्द शमशेरले मृत्युुदण्डकाे सजाय सुनाएका थिए।
१८ बर्षकाे उमेरमै ईन्द्रचाेकमा संभवत नेपालकै पहिलाे सार्वजनिक राजनितीक सभामा भाषण दिएका गंगालाललाई मृत्युदण्ड दिन १९९७ साल माघ १४ गते राती १० बजे आजैका दिन काठमाडौकाे मरू,प्याफल टाेल स्थित उनकै घर मुनिबाट शाेभाभगवती लैजादै गर्दा धर्मपत्नी हसनादेवीलाई "हसना" भनेर बाेलाएका थिए जसले एकदिन अघि (माघ १३ गते) मात्र दाश्राे सन्तान छाेरालाई जन्म दिएकी थिइन्।
अन्तिम समयसम्म पनि नर शमशेरले माफि माग्न गरेकाे अनुराेध (आदेश ?) लाई बेवास्ता गर्दै "मैले माफि माग्नु पर्ने त्यस्ताे काम गरेकाे छैन,बरू तिमीहरूले माग्नु पर्छ" भन्दै गर्जेका उनलाई गाेली हान्न ल्याएका भाडाका ब्यक्तिहरूले रूदै गाेली हान्ने आदेश नमाने पछि नर शमशेर आफैले साेहि राति (बि.सं.१९९७ माघ १५ गते) पहिले घुँडामा त्यसपछि तिघ्रामा अनि काेख र छातिमा गाेली हानी मारेका थिए।
उनका राजनितीक गुरु दशरथ चन्दलाई साेहि समय तड्पाई तड्पाई मार्दै गर्दा " सक्छस् भने तेराे बाउलाई एकै गाेली हानी मार्" भन्दै २२ बर्षका गंगालाल निडर स्वरमा गर्जेकाे कुराले सत्य,न्याय,प्रजातन्त्र,जनता र देशका लागि उनी कतिसम्म समर्पित थिए भन्ने देखाउँछ।
केवल,मात्र केवल देश र जनताकालागि न्याय,समानता अनि प्रजातन्त्रकालागि हाँसीहाँसी सहादत दिने गर्विलाे यस्ता सच्चा सहिद गंगालाल श्रेष्ठ तथा सहिद दशरथ चन्द प्रति हार्दिक हार्दिक नमन अनि श्रद्धासुमन !
अन्तमा....
तिमी सहिद हुँदै गर्दा...
थाहा छैन तिम्रा अन्तरमनमा उठेका लहरहरू...
एउटा कुरा पक्का छ,
तिमीलाई लाग्दै गरेकाे गाेलीपनि,
सय पटक राेयाे हाेला...
सय पटक राेयाे हाेला !!