
चन्द्रमणि गाैतम
बर्ट्रान्ड आर्थर विलियम रसेल (१८७२–१९७०) बेलायती दार्शनिक, तर्कशास्त्री, गणितज्ञ, इतिहासकार, लेखक, सामाजिक समालोचक, राजनीतिक अभियन्ता थिए । एक सम्भ्रान्त परिवारमा यिनको जन्म भयो । १९५० मा यिनले साहित्यका लागि नोबेल पुरस्कार पाए।
यी युद्ध बिरोधी र आणविक प्रसारका कट्टर विरोधी थिए । दुइटै विश्वयुद्ध वा भियतनाम युद्धमा अमेरिकाको संलग्नतालाई यिनले जमेर बिरोध गरे । पहिलो विश्वयुद्धको बिरोध गर्दा यिनी पक्राउ र जेलमा पनि परे । सन् १८४० मा यिनका हजुरबा अर्ल् रसेललाई प्रधानमन्त्री भएर आफूलाई सहयोग गर्न बेलायतकी महारानीले आग्रह गरेकी पनि थिइन् । इन्फ्लुएन्जाबाट यिनको निधन भयो ।
उनले आफ्नो सोह्रौं जन्मदिवसको दुई दिन पछि (१८८८) मा लेखेको ‘ग्रीक अभ्यासहरू’ (Greek Exercises) मा उनको माथि दिईएको विचार उल्लेखित छ ।
यसको पूर्ण पाठ यस्तो छ : मैले आफ्ना मान्छेहरूको धर्मउपर विश्वास गर्नुपर्ने हो, जो म चाहन्थेँ पनि, परन्तु अहो ! यो सम्भवै छैन । मैले आफ्नो भगवानका लागि साँच्चै कुनै धर्म धारण गरेको छैन, खाली अस्तित्वका कारणले देखाइएको आत्मा छ, उसको सम्पदा पूरै अज्ञात छ, मेरो जीवनका लागि कुनै मद्दत छैन । मसँग पार्सनका त्यस्तो सुखद सिद्धान्त छैन कि हरेक सत्कार्यका लागि इनाम मिलोस र हरेक पापका लागि क्षमा मिलोस् । मेरो सम्पूर्ण धर्म भन्नु यतिमात्र हो : हर कर्तब्य गरूँ, यहाँ वा यसपछि यस वापत कुनै प्रतिफलको अपेक्षा नगरूँ ।
साभार – गाैतमजीकाे मुहार पुस्तिकाबाट