बुधबार, भाद्र ३ गते २०८३

पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारीमा ८ सय र निजीमा १ हजार ५ सय

माघ ५, २०७८ बुधबार
पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारीमा ८ सय र निजीमा १ हजार ५ सय

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण शुल्कमा घटाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले अनुसार सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा एक हजार पाँच सय अधिकतम शुल्क निर्धारण गरिएको छ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणका लागि एक हजार र निजीमा २ हजार रुपैयाँ तोकेको थियो।

उपभोक्ता मञ्च, चिकित्सक एवं सर्वसाधारणले परीक्षण शुल्क महँगो भएको भन्दै निशुल्क परीक्षणको माग गर्दै आएका थिउ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै घटाउन निर्देशन दिएको थियो ।