बुधबार, भाद्र ३ गते २०८३

फैलियो कोरोना, आज एकैदिन ५ हजार बढिमा संक्रमण पुष्टि

पौष ३०, २०७८ शुक्रबार
फैलियो कोरोना, आज एकैदिन ५ हजार बढिमा संक्रमण पुष्टि

 

आज एकैदिन मुलुकभर पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा गरिएको २० हजार ५६० परीक्षणमा ५०८७ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। मन्त्रालयको तथ्यांक अनुसार देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन्।