सिजर्ना शर्मा
आलिसान महलमा बितेको तिम्रो जीवन
अभावका सुस्केराले अघाएको मेरो जीवन
भोकको महसुस गर्न नपाएको तिम्रो पेट
भोक र भोजनको दूरी कहिल्यै मेट्न नसकेको मेरो पेट
आय र व्ययको हिसाब नहुने तिम्रो खाता
व्ययभार थेग्न नसकेर हरेक दिन बौलाएको मेरो मस्तिष्क
कति फरक कति फरक
तिम्रो जीवन मेरो जीवन
कसरी एक हुन सक्ला र ?
म त भूँई मान्छे हूँ