एक बक्तब्य जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीकाे जनकपुरमा भएकाे एकताकाे राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे सम्बन्धमा जानकारी गराएका छन् । पार्टीकाे केन्द्रिय कार्यालयकाे तर्फबाट प्रकाशित साे बक्तब्यमा सम्मेलन सम्पन्न गर्न सहयाेग पुर्याउने सबैप्रति धन्यबाद ज्ञापन गरिएकाे छ । बक्तब्यमा याे सम्मेलन कम्युिनष्ट आन्दाेलनकाे रक्षा, विकास, एकता र जनक्रान्तिका लागि ऐतिहासिक बन्ने बिश्वास ब्यक्त गरिएकाे छ । बक्तब्य यस प्रकार छः
१. नेपाल कम्युनिष्ट पार्टीको एकताको राष्ट्रि«य सम्मेलन समापन समारोह यही २०७८ पौष १७ देखि १९ सम्म जनकपुरधाम धनुषामा सम्पन्न भएको छ । स्मरणीय छ पार्टी स्थापनाको दिन १५ सेप्टेम्बरमा भर्चुअल माध्यमवाट सम्मेलनको उद्घाटन भयो । असोज ,कार्तिक र मंसिर तीन महिनासम्म प्रदेशस्तरका ६ ओटा समुह विभाजन गरी राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरु माथी प्रदेश स्तरका वन्दसत्रमा छलफल गरी सम्मेलनको समापन सत्र जनकपुरमा आयोजित भएको थियो । यो सम्मेलनले उक्त दस्तावेजहरु पारितगरी क. ऋषिराम कट्टेलको अध्यक्षतामा पार्टीको नयाँ केन्द्रीय समिति गठन गरेको छ । दल सम्वन्धि ऐनका केही प्राविधिक पक्षहरु मिलाएर केन्द्रीय समितिको पूर्ण विवरण सार्वजनिक गरिनेछ ।
२. सम्मेलन सफल पार्न सक्रिय रहेका पार्टी समितिहरु, पार्टी सदस्यहरु, सहयोगी पत्रकारहरु, सुरक्षाकर्मिहरु, प्रदेश सरकार तथा सहृदयी जनकपुरवासी आमजनसमुदाय लाई धन्यवाद दिँदै आभार व्यक्त गर्न चाहन्छ ।
३. हामीले जुन परिवेशमा सम्मेलन सम्पन्न गरेका छौ । हाम्रो सामुन्ने गम्भीर कार्यभारहरू खडा छन । सिङ्गो कम्युनिष्ट आन्दोलन विसर्जनवादको चपेटामा परेकोछ । माक्र्सवाद लेनिनवादको रक्षा र विकासको निम्ति कम्युनिष्ट आन्दोलनको पुनर्गठनको गह्रौ जिम्वेदारी हाम्रो काँधमा छ । २०६२।६३ को जनआन्दोलनले गणतन्त्र स्थापना गरेपनि देशको राज्यसत्ता सामन्ती दलाल तथा नोकरशाही पूँजीवाद कै हातमा छ । नयाँजनवादी क्रान्तिका कार्यभार पूरा भएका छैनन् । देश विदेशीको रणनीतिक कृडास्थल बनिरहेको छ । देशको स्वतन्त्रता र स्वाधीनता माथी गम्भिर आक्रमण भइरहेछ । एमसिसि जस्तो राष्ट्रघाति साम्राज्यवादी योजना भित्र्याउने षडयन्त्र गरिदैछ । यसको बिरुद्ध बृहत संयुक्त जन आन्दोलनको यात्रा तय गर्नुपर्नेछ । यस्तो जटील अवस्थामा सम्पन्न भएको यो सम्मेलनले सिंगो कम्युनिष्ट आन्दोलनलाई सिर्जनवादको चपेटावाट मुक्त गरी सवै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध गरी जनवादीक्रान्तिकोे बाकी कार्यभार पुरा गर्ने र देशको किसान आन्दोलनलाई केन्द्र बिन्दूमा राखेर सवै क्रान्तिकारी कम्युनिष्ट,बामन्थी र लोकतान्त्रिक देशभक्तहरुलाई गोलवद्धगरी देशको स्वाधिनताको रक्षा, जनतन्त्र र जनजीबिकाका समस्या हल गर्न वृहत संयुक्त जनसंघर्षको नीति र योजनासाथ आम नेपाली जनता सामु प्रस्तुत हुदै छौ । विश्वासछ पार्टी आफ्नो यो उदेश्यमा सफल हुनेछ ।
४. नेपाल कम्युनिष्ट पार्टी माक्र्सवाद लेनिनवाद माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दछ । क. पुष्पलालले प्रतिपादन गर्नु भएकोे नीति, कार्यक्रम, सिद्धान्त र आदर्शलाई आत्मसात गर्दछ र यसलाई सम्बृद्ध गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पुरागर्न प्रतिवद्ध छ । यो सम्मेलन सवै क्रान्तिकारीहरुलाई एकतावद्ध हुन आह्वान गर्दछ र संघर्षमा गोलवन्द हुन आमसनसमुदायलाई अपील गर्दछ ।
५. हामी सबैलाई थाहा छ कि अहिले संसारभर कम्युनिष्ट आन्दोलन विघटन र पुनर्गठनको प्रक्रियावाट गुज्रिरहेकोछ । संशोधनवाद र क्रान्तिकारीहरू बीचको वैचारिक संघर्ष तीब्ररूपमा चलिरहेकोछ । विश्वमा घटिरहेका यस्ता परिघटनाहरूको असर नेपालमा पनि परिरहेकै छ । तर यो अस्थाई हो । नेपालमा क्रान्तिको निम्ति वस्तुगतआधार तयार भैरहेको छ । विश्व र नेपालमा विकास भइरहेको यस्तो परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन भएको छ । यो सम्मेलन नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा, विकाश, एकता र जनक्रान्तिको निम्ति ऐतिहासिक बन्ने पार्टीको विश्वास छ ।