शनिबार, आश्विन १७ गते २०८३

कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिने दृढताकासाथ नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न

पौष २२, २०७८ बिहीबार
कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिने दृढताकासाथ नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन यही पौष १७—१९ जनकपुरमा सफलताकासाथ सम्पन्न भएको छ । गएको भाद्र ३० गते अर्थात नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा सम्मेलनको भच्र्यूअल माध्यमबाट उद्घाटन गरी तीन महिनाभन्दा बढी समयसम्म पार्टीको कार्यक्रम, राजनीतिक प्रतिबेदन, बिधान संशोधन लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका बिषय बस्तुहरुमाथि प्रदेश स्तरीय छलफल चलाउदै समापन समारोह खुल्ला रुपमा गर्ने पूर्ब निर्णय अनुसार यो सम्मेलन सम्पन्न भएको हो ।

Julusjankpur.jpg

samapan.jpg
 जनकपुरधाम,राैनियार सेवा सदन

समापन समारोहका दिन गगनभेदी नारा जुलुशकासाथ जनकपुर उप महानगरको परिक्रमा पछि आयोजित सभालाई पार्टीका संयोजक ऋषि कट्टेल, सह–संयोजक लोकनारायण सुबेदी सचिवालय सदस्यहरुको तर्फबाट भीम सेढाई, महिला फाँटको तर्फबाट सीता सुबेदी, साँस्कृतिक फाँटबाट राजेश बान्तबा, बिद्यार्थी फाँटबाट मनिश भटराईले शुभकामना दिदै सम्बोधन गर्नु भएको कार्यक्रमको सञ्चालन केन्द्रिय सचिवालय सदस्य तथा धनुषा जिल्लाका अध्यक्ष सत्यनारायण मुखियाले गर्नु भएको थियो ।  सम्बोधनकै क्रममा संयोजक कट्टेलले  पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं २ का संयोजक अध्यक्ष बिपत्ती मण्डलले भ्रष्टाचार बिरुद्ध लेखेको पुस्तकको लोकार्पण गर्नु भएको थियो । समाराेहमा उपस्थित सबैलाई  केन्द्रिय सदस्य बिपत्ती मण्डलले स्वागत अभिबादन गर्नु भएको थियो ।

bannernews.jpg
 

सम्मेलनको आरम्भमा कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत, स्वागत गीत गाउनका साथै बीर शहीदहरुलाई स्मरण र उच्च सम्मान  प्रकट गरिएकाे थियाे भने एकताको पहिलो सम्मेलनयता देहाबशसान भएका कमरेडहरुको पनि स्मरण गरिएको थियो । सभाका बीचम किसान नेता शुकदेब चौधरीले मैथिली भाषामा शोषित पीडित जनतालाई जगाउने गीत सुनाउनु भएको थियो । बन्द सत्रमा पनि कमरेड पुष्पलालप्रति समर्पित गीत एसबी कडारीले सुनाउनु भएको थियो । 

Julush.jpg
 यस महत्वपूर्ण सम्मेलनले कमरेड पुष्पलालको बिचार, नीति र सिद्धान्तबाट दायाँ बायाँ लागेमा देशको कम्युनिष्ट आन्दोलन गलत भड्काउमा जाने, देश र जनताका समस्या हल नहुने र मुलुक यथास्थितिमै अल्मलिने यथार्थ अहिलेसम्मका कटु अनुभवले प्रष्ट पारेको निष्कर्श निकाल्दै पार्टीलाई शोषित पीडित जनता र राष्ट्रको मुक्तिका निम्ति बर्ग संघर्षमा केन्द्रित गर्न र खाशगरी नेपालको बर्तमान सन्दर्भमा देशको मूख्य उत्पादक शक्ति किसानमा समर्पित भएर  आन्दोलन उठाउन पार्टीलाई सबै किसिमले समर्पित र सुसज्जित तुल्याउन जोड दिएको छ ।

Julussaptari.jpg

सम्मेलनले बर्तमान सामन्ती दलाल नोकरशाही पूँजीवादी सत्ता र नेपाली जनता बीचको अन्तरबिरोध आजको मूल अन्तरबिरोध हो भन्ने कुराको पुनर्पुष्टी गर्दै यस अन्तरबिरोधको समाधान नयाँ जनबादी क्रान्तिले मात्र गर्दछ र त्यस क्रान्तिले समाजबादमा जाने पृष्ठभूमि र पूर्बाधार तयार गर्दछ भन्ने प्रष्ट औंल्याएको छ र यसैका निमित्त क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुबीकरण, बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलनको परिपक्क नीति आजको अपरिहार्य राष्ट्रिय आवश्यकता हो भन्ने पुनः औंल्याएको छ ।

julus2.jpg
 नेपालको कम्युनिष्ट आन्दोलनका मूख्य तीन समस्या देशीय सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र बिश्व साम्राज्यबादसँग सम्वन्धित समस्या रहेको र ती समस्याबाट नेपाल र नेपाली जनतालाई मुक्त नगरेसम्म देशलाई स्वाधीन, आत्मनिर्भर र समृद्ध तुल्याउन सकिने कुनै आधार बन्दैन भन्ने निचोड सम्मेलनले निकालेको छ । सम्मेलनले जनता र राष्ट्रले भोगिराखेका ज्वलन्त समस्याहरुको उजागर गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका प्रस्तावहरु पनि पारित गरेको छ ।

julus4.jpg
बन्द सत्र संचालन गर्न सचिवालय सदस्यहरु रामबहादुर भण्डारी, भीम सेढाई, सीता सुबेदी, राजेश बान्तबा र मुन्सीलाल दास पाँच सदस्य रहेको अध्यक्ष मण्डल गठन गरेको थियो । सम्मेलनले कतिपय प्राबिधिक कारणलाई मध्य नजर राखेर केन्द्रिय नेतृत्व हाललाई यथाबत राखेको छ । निर्धारित समय – चैतकाे पहिलाे सातामा केन्द्रिय समितिलाई पूर्णता दिदै पदाधिकारीहरूकाे चयन गरिने सम्मेलनले निर्णय लिएको छ ।

julus3.jpg

सम्मेलन सफल पार्न क्रियाशील र उपस्थित पार्टीका सम्पूर्ण सहयोद्धाहरु, सहयोगी शुभ चिन्तकहरु र आम जन समुदायलाई  आयोजक समितिका तर्फबाट सादर तथा हार्दिक धन्यबाद दिएको छ ।

Ilamkakamredharu.jpg