शनिबार, आश्विन १७ गते २०८३

हरिकृष्ण रावलका पिता माताको एकै दिन निधन

पौष २१, २०७८ बुधबार

नेपाल कम्युनिष्ट पार्टीका सदस्य तथा अनन्य मित्र नेपालका एक सफल ब्यवसायी हरिकृष्ण रावल तथा उहाँका ब्यवसायी भाइ सानुकाजी रावलका पिता माताको आज बिहान अढाई घण्टाको फरकमा एक्रैदिन दुःखद निधन भएकोमा चिने जानेका सबैलाई स्तब्ध तुल्याएको छ । पिता कालीबहादुर राउत र माता कान्छी राउत क्रमशः ८९ र ८८ बर्षको पाको उमेरको हुनुहुन्थ्यो । उहाँहरु दुबै २० दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । यस अघि उहाँहरु दुबैलाई कोभिड–१९ ले भेटेको र उपचारपछि त्यो नेगेटिभ देखिएको थियो ।

तर पछि पुनः स्वास्थ्यमा खराबी आएपछि उहाँहरु दुबै जना अस्पताल भरना गरिनु भएको थियो । देहाबसान भएका पिता माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र शोकाकुल रावल परिवारका सबै आफन्तहरु, मान्यजनहरु र इस्टमित्र सबैमा गहिरो समबेदना प्रकट आर्यघाटमा सयौं मानिसहरुको उपस्थिति रहेको थियो ।

देहाबसान भएका माता पिताका दुइ छोरा हरिकृष्ण रावल  र सानुकाजी रावल तथा छोरी ज्ञानु आचार्य र जानुका थापा हुनुहुन्छ । देहावसान भएका दुवै मातापिताको आज दिउँसो पशुपति आर्य घाटमा दाहसँस्कार गरियो । अन्तिम संस्कारका बेला पशुपति आर्य घाटमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुेबदी, सचिवालय सदस्य शरणबिक्रम मल्ल र सीता सुवेदी, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईलगायत सयौं आफन्त र इष्टमित्रहरुले दिवंगत मातापिताप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त रावल परिवारप्रति गहिरो समबेदना प्रकट गर्नुभएकाे  थियो ।