बुधबार, भाद्र ३ गते २०८३

प्रगतिवादी दर्शनकाे इतिहासकाे खाेजीमा क. पुष्पलाल


श्रावण १८, २०८३ सोमबार
प्रगतिवादी दर्शनकाे इतिहासकाे खाेजीमा क. पुष्पलाल

कमरेड पुष्पलाल जनताकाे इतिहास र दर्शनकाे खाेजी गर्न तल्लिन हुनु हुन्थ्याे । यस मार्फत उहाँ यथार्थतः जनता नै इतिहासका साच्चाे निर्माता हुन् भन्ने कुरा बस्तुगत बिश्लेषण गरेर दर्शाउन चाहनुहु्न्थ्याे । त्यसैले उहाले दर्शनकाे इतिहासकाे खाेजी गर्दा शासक बर्गकाे कुरा हाेइन जनताकाे गाँस, बास, कपास कसरी चल्दै लियाे र उनीहरूले जीवन र जगलकाे बारेमा साेच्ने, बिचार गर्ने र ब्यक्त गर्ने कुरालाई केन्द्रबिन्दूमा राखेर जनताकाे दर्शन र इतिहासकाे खाेजी गर्नु भयाे ।

इतिहासमा प्रगतिबादी दर्शन र चिन्तनधारा भनेको जनताले उनीहरूको जीवनयापनको क्रममा उत्पादन सम्बन्ध र  पध्दतिको क्रमिक बिकास गर्ने शिलशिलामा बिकसित हुने आधारभूत महत्वको कुरा हो । यसले परिबर्तनको कुन चरणबाट जनता र समाज गुज्रिरहेका छन् भन्ने दर्शाउँदछ अघि बढ्न मद्दत गर्दछ ।

परम्परागतरूपमा इतिहासलाई जसरी सत्ताधारी शासक बर्गको बिजय पराजय र खाशगरी  बिजितहरूको बिजय, राज्य बिस्तार र युद्धको बिवरण दिएर उनीहरूको बीर गाथा गाउने, शासकहरूलाई अलौकिक शक्तिकोरूपमा प्रस्तुत गर्ने र स्तुतिगान गर्ने, राज्य र सत्ताका लागि भएका काटमारहरूको बर्णन गर्ने गरिन्थ्यो त्यसलाई छोडेर माक्र्सबादी चिन्तक कमरेड पुष्पलालले इतिहासलाई जनताको आजीविका अर्थात गाँस,बास, कपासको समस्या  के कसरी चलेको या हल हुने गरेको छ, त्यसका लागि जनताले के कसरी संघर्ष गर्दै आएका छन्  भन्ने बस्तुगत आधारमा इतिहासको उत्खनन गर्नु भएको छ ।

flag-of-the-communist-party-of-nepal-unified-marxist-leninist-clipart-md.png

राष्ट्रको इतिहासको खोजी गर्दा शासक बर्गलाई मात्र, उनीहरूका सिक्का, शिलालेख, ताडपत्र,ताम्रपत्र, बिजय स्तम्भ, बंशाबली, महात्म्य, पुराण जस्ता सामाग्रीहरू हेरेर पुग्दैन त्यतिबेला जनता के गर्दै थिए भन्ने कुरालाई केन्द्रबिन्दूमा राखेर उनीहरूका अलिखित तर जीवन ब्यवहारमा रहेका या आएका लोक परम्परा र लोक सँस्कृति के कस्तो रहँदै आएका छन् त्यस आधारमा इतिहासको खोजी गरिनु पर्दछ भनेर जनतालाई सर्बोपरीरूपमा अगाडि सार्नु भएको छ । जनताको इतिहासको र उनीहरूको जीवन संघर्षको खोज अनुसन्धान गर्नु भएको छ र जनता नै इतिहासका निर्माता हुन् भन्ने यथार्थ आधारको निर्माण र पुष्टी गर्ने यसरी बस्तुबादी प्रयत्न गर्नु भएको छ ।

राष्ट्रको इतिहासको खोजी गर्दा शासक बर्गलाई मात्र उनीहरूका सिक्का, शिलालेख, ताडपत्र,ताम्रपत्र, बिजय स्तम्भ, बंशाबली, महात्म्य, पुराण जस्ता सामाग्रीहरू हेरेर पुग्दैन त्यतिबेला जनता के गर्दै थिए कुन प्रकारका उत्पादनका साधनहरुकोे उपयोग गरेर आफ्ना लागि जीवन पोषण(खाना, छाना र नाना) जुटाउँदथे अनि समाजमा ब्यक्तिगत सम्पत्तिको प्रदुर्भाव भए पछि श्रम शोषणको प्रथा बिकसित भएर आयो र  त्यस बिषयमा उनीहरु कसरी संघर्ष गर्दै आए भन्ने बिषय  नै इतिहासको तथ्य हो ।

मृत्युसँग अन्तिम लडाई लडिरहनु भएका बेला कि ‘, कार्यकर्ता राजनीतिरकरूपमा संगठित हुनु पर्दछ, जनता चेतनशील हुन पर्दछ,  क्रान्ति अवश्यंभावी छ, यसलाई कसैले रोकेर रोक्न सक्तैन’ भन्ने दृढ आत्मबिश्वासयुक्त अभिब्यक्तिले पनि बर्गीयरूपमा सचेत  जनता निर्णायक शक्ति हो भन्ने कुराको पुष्टि मात्र गर्दैन कि सचेत जनता नै क्रान्तिको निर्णायक शक्ति र इतिहासको निर्माता हुन भन्ने कुरा प्रष्ट पार्दछ ।