बिश्व कोरोनाको दोश्रो लहर मन्द हुँदै जाँदा अलिकति राहत महसुस के गर्दै थियो यसको तेश्रो भेरिएण्ट ओमीक्रनको रुपमा देखापर्यो । यस भेरिएण्टलाई कोभिड भाइरसको बी.१.१.५२९ भनिएको छ । भनिदैछ र सचेत गराइदैछ कि यसको म्यूटेशन धेरै तीब्र गतिले भइरहेको छ । यसले छ गुणा तीब्रताको गतिले फैलिने क्षमता राख्दछ । यो डेल्टा भेरिएण्टभन्दा धैरै तीब्र छ ।
शुरुमा यो भेरिएण्ट अफ्रिरको बोत्स्वानामा पाइएको थियो । पछिबाट यसलाई दक्षिण अफ्रिकाले पहिचान गरेको हो । यसको पुष्टी गर्दै दक्षिण अफ्रिकाले बिश्व स्वास्थ्य संगठनलाई सूचना दियो ।अनि बिश्व स्वास्थ्य संगठनले यसको नाम ओमिक्रोन राखेको हो ।
गएको २६ नोभेम्बरका दिन यस भेरिएण्टले बेल्जियम, इजरायल र हङ्गकङ्गमा देखिएको थियो । त्यसको अर्को दिनमै बेलायतमा दुइजना मानिसमा यसका लक्षणहरु देखिएका थिए । यस खलबलीका बीच नै बेलायतले दक्षिण अफ्रिकासँगको हावाई उडान रद्द गरेको थियो । यता भारतले पनि ओमिक्रन फेलने तीब्रतालाई ध्यानमा राखेर दक्षिण अफ्रिकासँगको हवाई उडान बन्द गरिसकेको छ ।
यस सन्दर्भमा चिकित्साबिदहरुका बीचमा पनि एकमत छैन । कोही यसका बिरुद्ध खोपको बुस्टर डोज लगाउनु पर्ने बताइरहेका छन् भने कोही नलगाए पनि हुन्छ भनिरहेका छन् । अनि कोही भने आबश्यकता महसुस भएकाहरुका लागि लगाए पनि हुन्छ भन्दैछन् । यी अल्मल र असमञ्जका कुराले पनि यो फैलिने क्रम बढ्ने सन्त्रास पैदा गरिरहेको छ ।
यसको फैलने क्रमको २७ नोभेम्बरको तथ्यांकलाई हेर्दा जोन अपकिन्स बिश्वबिद्यालयले के बताएको छ भने कोभिड खोप चल्दा चल्दै पनि प्रतिदिन कोभिडको संक्रमण जर्मनीमा सबैभन्दा बढी छ । प्रतिदिन ६५ हजार भन्दा बढी कोडिभ बिमारीहरु देखापरिरहेका छन् र त्यसमध्येमा मृत्युको संख्या पनि ३०३ पुगिसकेको छ । अमेरिकामा ५१ हजार संक्रमित तथा मृतक साढे ५ सय, बेलायतमा ५० हजार र मृतक १५० को भइरहेको छ । रुसमा ३४ हजार प्रतिदिन संक्रमण मृत्यु १२ सय जति प्रतिदिन भइरहेको छ । त्यसरी नै फ्रान्स, पोल्याण्ड, टर्की, अनीदरल्याण्ड, बेल्जियम, इटली स्पेनमा पनि दिनको ३ देखि ९ हजारका बीचमा मानिसहरु यसबाट संक्रमित भइरहेका छन् । त्यस हिसाबले भारतमा पनि ८ हजार ३ सय १८ वटा संक्रमित भेटिएका थिए भने मृत्यु पनि ४ सय ५० जतिको भएको बताइएको छ ।
जोन हप्किन्स बिश्वबिद्यालयले के पनि जानकारी दिएको छ भने यूरोपमा खोप लगाइएको प्रतिशत ६० देखि ८० सम्म हुँदा पनि यसको संक्रमणमा कमी आएको छैन । नयाँ नयाँ कोभिड भाइरसका भेरिएण्टहरु आ–आफ्नै किसिमले बिभिन्नरुपमा कतै न कतै देखा परिरहेका छन् र यो संक्रमण यतिबेला बिश्वका पोर्चुगल, स्कटल्याण्ड, बृटेन, नीदरल्याण्ड, जर्मनी, अष्ट्रिया, हङ्गकङ्ग, इटली, चेक गणतन्त्र, अष्ट्रेलिया, इजरायल, जापान र फ्रान्समा तीब्र गतिले फैलिदैछ । यद्यपि यसकको मृत्यु दर भने डेल्टा भेरिएण्टको जत्तिको नभएको पनि बिशेषज्ञहरु बताइरहेका छन् । तर यसको संक्रमण भने ४० बर्ष भन्दा कम उमेरका मानिसमा बढी देखिएको पनि बताइएको । त्यसैले अन्य उपायका अतिरिक्त यस बिरुद्ध खोपको बुस्टर डोज पनि लगाउनमा कुनै अलमल गरिनु हुन्न भने कुरा चलिरहेकै छ ।
हाम्रो जस्तो सबै किसिमले कमजोर अबस्थमा रहेको बिपन्न मुलुकले यस खतरनाक कोभिड भाइरसका बिरुद्ध आवश्यक सतर्कता र साबधानीकासाथ जनतालाई यस बाट जोगाउन सम्भव सबै उपाय युद्ध स्तरमा गरिनुको कुनै बिकल्प छैन । अन्तर्राष्ट्रिय आवागमनमाथि कडा निगरानी गर्ने, रोक लगाउने र लक्षण देखापरेमा तुरुन्त छुट्टै राख्ने र सर्न र फैलिन नदिन कदम चाल्नु पर्दछ ।