शनिबार, आश्विन १७ गते २०८३

दासता उन्मूलन दिवस : मानिसलाई किनबेचको बस्तुसरह अमानबीय ब्यबहार गर्नु हो दासता

मंसिर १६, २०७८ बिहीबार
दासता उन्मूलन दिवस  : मानिसलाई किनबेचको बस्तुसरह अमानबीय ब्यबहार गर्नु  हो दासता
सन्दर्भ न्अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस 
उतिबेला नेपालमा चन्द्रसमशेर राणाको समयमा १९२३ सालमा नेपालको जनसंख्या ५५ लाख ७३ हजार ७८८ थियो । त्यतिबेला दास मालिकहरुको संख्या १५ हजार ७१९ थियो भने दासहरुको संख्या ५१ हजार ५१९ रहेको देखाइएको छ ।
मानिसले मानिसलाई पशु सरह दलेर ब्यबहार गर्नु र काममा लगाउनु अनि तिनलाई खरिद–बिक्रीको बस्तु मानेर किन्ने बेच्ने गर्नु दास प्रधाको मूख्य पहिचान हो । नेपालमा यसको अन्त्यको घोषणा चन्द्रसमशेरले गरेका हुन् । तर आज पनि मानब बेचबिखन, लगायत आधुनिक दासता – आन्तरिक र बाह्य दासता र अमानबीयताका अनेक संस्करणहरु चलिरहेका छन् । बास्तवमा दासताको आधुनिकीकरण भएको छ ।
बिश्वमा नयाँ किसिमले दासप्रथा अहिले पनि चलिरहेको देखिन्छ । समानता, समुन्नति, सम–न्याय बिना यो चालु दासताबाट मुक्ति मिल्ने स्थिति बन्दैन । पुरानो दासताबाट मुक्ति नयाँ नया दासमा प्रबेश गर्नु र त्यसको शिकार हुनु होइन ।