आइतबार, कार्तिक ९ गते २०८३

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं. १, इटहरीको सदस्य र संघसंस्थाहरुलाई जानकारीमूलक सूचना

मंसिर १४, २०७८ मंगलबार
प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं. १, इटहरीको सदस्य र संघसंस्थाहरुलाई जानकारीमूलक सूचना

 

  • सहकारी संस्थाको कार्यक्षेत्र सीमित हुने भएकाले संस्थाहरुको कार्यक्षेत्र आफु बसोबास गरेको क्षेत्रभित्र पर्छ पर्दैन भन्ने बुझेर मात्र सदस्य बनि कारोबार गर्नुहोला । 

  • सहकारी संस्था सदस्यले नियन्त्रण गर्ने संस्था भएकाले साधारणसभामा सहभागि गराइ छलफल गर्ने गराउने, सदस्यहरुको सुझाव लिई कार्यान्वयन गर्ने गराउने गर्छन कि गर्दैनन् भन्ने जस्ता कुरालाई राम्रोसँग बुझेर मात्र सदस्य भइ कारोबार गर्नुहोला ।

  • एक स्थानीय तहमा एकै खालको सेवा दिने एक भन्दा बढि संस्थामा सदस्य बनेर कारोबार गर्न नपाइने कानुनी व्यवस्था भएको हुँदा आफुलाई सदस्य भएर कारोबार गर्न उपयुक्त लागेको एकमात्र संस्थामा सदस्य बनि कारोबार गरिदिनुहोला ।

  • सहकारी संस्थाहरुले ऋण लगानीमा प्रचलित कानुनले तोके बमोजिम निर्धारण गरिएको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन पाईंदैन । सो भन्दा बढी ब्याज लिइ संस्थाहरुले ऋण लगानी गरेको भए प्रमाणसहित यस कार्यालयमा उजुरी गर्नुहोला । 

  • सहकारी ऐन २०७४ को दफा ५० तथा प्रदेश सहकारी ऐन २०७६  को दफा ४७ बमोजिम सहकारी संस्थाहरुले आफ्नो विषय अनुसारको कारोबारको मापदण्ड कायम गर्नका लागि यस अघि पनि पटकपटक निर्देश गरिएको व्यहोरा विदितै छ । कारोबार मिलानको क्रममा विषय परिवर्तन, एकीकरण लगायतका प्रक्रियाहरुलाई निश्चित कार्यविधि मार्फत् प्राथमिकताका साथ अगाडि बढाइएको हुँदा विषय र प्रकृति मिलानतर्फ सबै संघसंस्थाहरु उचित निर्णयका साथ अगाडि बढ्न  पुनः  निर्देशन गरिन्छ ।

  • बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुले कार्यक्षेत्र बाहिर कारोबार, गैर सदस्यसँग कारोबार, तोकिएको वित्तीय मापदण्ड बाहिरको कारोबार, सदस्यलाई विभेद गरी गरिने कारोबार तथा कार्यालयको स्वीकृति बिना जथाभावी सेवाकेन्द्र खोली गरिने कारोबार गैर कानूनी कारोबार हुन् । मापदण्डमा समेत यी विषयहरुमा विशेष व्यवस्थाहरु गरिएको हुँदा यस्ता कार्यहरु विधिसम्मत रुपमा मात्र गर्नुहुन सम्वन्धित संस्थाहरुलाई निर्देशन गरिन्छ ।

  • सहकारी सम्बन्धी विभिन्न सूचनाहरु यस कार्यालयको वेबसाइट https://opcr.p1.gov.np र यस कार्यालयको आधिकारिक फेसबुक पेज “प्रदेश सरकार रजिष्ट्रार कार्यालय प्रदेश नं. १, इटहरी” मा नियमित रुपमा प्रकाशित हुने हुँदा यस्ता सूचनाहरु हेरेर बुझेर कुनै कुरा अष्पष्ट भएमा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।