बुधबार, भाद्र ३ गते २०८३

सूर्ति सेवन बिरोधी बिश्व दिवस : सूर्ति सेवनबाट बर्षैपिच्छे ८० लाखको ज्यान जान्छ


जेठ १७, २०८३ आइतबार
सूर्ति सेवन बिरोधी बिश्व दिवस : सूर्ति सेवनबाट बर्षैपिच्छे ८० लाखको ज्यान जान्छ

विश्वमा कोभिड–१९ को महामारी चलिरहेको बेला बिज्ञ चिकित्सहरू के भनिरहेका थिए भने कोरोनाबाट मृत्यु हुने बढी डर ती मानिहरूमाथि अझ बढी  हुन्छ जुन रोगको सहयोगी या जनक सूर्ति र सूर्तिजन्य पदार्थ हुने गर्दछन् । त्यस्ता रोगहरू क्यान्सर, मधुमेह, श्वासप्रश्वाको समस्या अनेक  हुन् भन्ने बिशेषज्ञहरूको उल्लेख गर्दछन् । त्यसैले सूर्तीजन्य उद्योगहरूलाई यस बारेमा कानुनीरूपमा  जिम्मेवार ठहराउनु पर्ने सुझावहरू उनीहरूले दिइरहेका छन् ।उनीहरू भन्छन् – सूर्तिजन्य महामारीबाट पूर्णरूपले बच्न सकिन्छ । किनभने यो मानब निर्मित बिपत्ति हो । उद्योगधन्धाले आफ्नो मुनाफाका लागि यसको उत्पादन बढाइरहेका छन् । बदलामा आम जनताको पूँजी र ज्यान दुबै खेर गइरहेको छ। अनि शतत बिकासको प्रयास पनि क्षतिग्रस्त बनिरहेको छ । यस्तो अबैध सूर्तिजन्य उत्पादनभन्दा सूर्तीजन्य महामारी धेरै चाँडो फैलिन्छ र सूर्ति नियन्त्रण नीति र कानुनको पनि उल्लंङन हुन्छ । बिश्व स्वास्थ्य संगठनका अनुसार अबैध ब्यापारले अन्तर्राष्ट्रीय अपराधिक गतिबिधिहरू पनि हुर्किने र बढ्ने गर्दछन् ।

  हुन पनि आज सूर्तिजन्य पदार्थको अबैध ब्यापार एउटा बिश्वब्यापी समस्या बनेको छ । यसकारण अन्तर्राष्ट्रिय स्तरमा नै यसको चूनौतिको सामना गर्नु जरूरी छ ।बिश्वका १८० भन्दा बढी देशहरूले १४ बर्ष अघि २०१२ मा ‘बिश्व सूर्ती नियन्त्रण सन्धि’–‘बिश्व स्वास्थ्य संगठन – ‘फ्रेमवर्क कन्भेन्शन अन टुब्याको कण्ट्रोल’ – पारित गरेको थियो । कानुनीरूपमा बाध्यकारी यो सन्धि सात बर्ष अघि २०१८ देखि लागु गरिएको थियाे । यो सन्धि बिश्वका ६२ देशहरूले पारित पनि गरिसकेका छन् । यस सन्धिको धारा १५ बाट सरकारले शक्ति प्राप्त गर्दछ र सरकारहरू परस्परमा मिलेर सूर्ती र सूर्तिजन्य पदार्थको अबैध  ब्यापरमाथि अंकूश लगाउन सक्तछन् ।

सूर्ति–रहीत बिश्वका लागि समर्पित ‘स्मोक–फ्री पार्टनरसिप’सँग सम्बन्धित लुक जुस्सेनका अनासर कोभिड–१९ महामारीका कारणा २०२० मा बिश्व अर्थब्यबस्थामा ४.४ प्रतिशतमा खुम्चिन पुग्यो जसले गर्दा बिभिन्न देशहरू आर्थिक मन्दीकोे शिकार भइरहेका छन् । यदि सरकारहरूले अबैध सूर्तीजन्य ब्यापारमा अंकूश लगाए भने राजश्वमा त बृध्दि हुन्छ नै जनस्वास्थ्यमा पनि सुधार या लाभ हुनेछ । लुक जुस्सेनले के बताएका छन् भने हरेक बर्ष अबैध सूर्ति ब्यापारबाट सरकारहरूलाई ४०.५ अर्ब डलर बराबर घाटा हुन्छ भने यदि अबैध सूर्ति जन्य ब्यापार अन्त्य भएमा सरकारहरूले कम्तिमा पनि २१ अर्ब जतिकाे अतिरिक्त राजश्व प्राप्त हुन सक्तछ ।

उनले के चेतावनी पनि दिएका छन् भने सूर्ति उद्योगहरूले मुनाफा बढाउनका लागि स्वास्थ्य नीतिहरूमा हस्तक्षेप समेत गर्ने गरेका छन् । अबैध सूर्ति ब्यापारका मुद्दाहरूमा पनि यस सम्बन्धि उद्योगहरूले यस्तो तन्त्र बनाउनपर्ने सुझाउने गर्दछन् त्यसको नियन्त्रण अफ्नो हातमा रहोस्।

 ‘बिश्व  सूर्ति  नियन्त्रण सन्धि’मा सरकारहरूले यस कारणले धारा ५.३ पनि पारित गरका छन् जसबाट स्वास्थ्य नीतिमा सूर्तिजन्य उद्येगहके हस्तक्षेपमाथि पूर्ण बिराम लागेस् या लगाउन सकियेस् । जुन सरकारहरूले सूर्तिजन्य उद्येग पूर्णरूपमा बन्द गर्नका लिग यस सम्वन्धि बिश्व सन्धि पारित गरे तिनको प्रतिबध्दता जनाएका छन् ती २०२३ सेप्टेम्बर सम्ममा प्रभावकारी हुने बताएकाे थिया ।

दक्षिण–अफ्रीकाका ‘यूनिवर्सिटी अफ केपटाउन’ की डा. हेना रोसले के भनेकी छन् भने त्यो देशमा अबैध सूर्तिजन्य ब्यापरको समस्या त जटील छ । तथापि सरकारले अहिलेसम्म बिश्व सन्धि पारित पनि गरेको छैन । तर पनि त्यहाँ यसको अबैध ब्यापार नियन्त्रणका ठोस उपायहरू लागु गरिएका छन् ।

कोभिड महामारीका बेला जब जब तालाबन्दी लाग्यो दक्षिण अफिकामा पाँच महिनासम्म सूर्ति किनबेचमा प्रतिबन्ध लगाइएको थियो, जुन अरू देशका तुलनामा निकै लामै अबधिसम्म रह्यो । त्यहाँ एक तिहाइ सूर्तिजन्य पदार्थको ब्यापार अबैध छ । डा.हेना रोसको अनुसन्धनबाट के पनि ज्ञात हुन आएको थियाे भने तालाबन्दीका बेलामा ९ प्रतिशत मानिसहरुले सूर्ति सेवन गर्न छोडिसकेका थिए र तीमध्ये दुइ तिहाई तालाबन्दी र सूर्तजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध हटाइसकेपछि पनि सूर्ति सेवन गरिरहेका थिएनन् । चिन्ताजनक तथ्य के छ भने ९३ प्रतिशत मानिसहरु तालाबदीका बेला र  सूर्ति बिक्रीमा पनि प्रतिबन्ध लगाउदा लगाउँदै पनि सूर्ति किनेका थिए । अनि अबैध चुरोटको सरदर मूल्य २५० प्रतिशत बढेको थियो ।

डा. रोसका अनुसार दक्षिण अफ्रिकामा तालाबन्दीका क्रममा चूरोट बिक्री त प्रतिबन्धित रह्यो तर निर्यातका लागि चुरोट उत्पादनमा प्रतिबन्ध थिएन । तथ्यांकले के बताउदछन् भने तालबन्दीका बेला चूरोट निर्यात  धेरै नै बढेको थियो तर त्यो चूरोट या त देश बाहिर गएन या बाहिर गएर पनि फर्किएर आयो र अबैधरुपमा बिक्री हुन सक्यो । त्यसैले डा.हेना रोसले दक्षिण अफ्रिकी सरकारसँग यस्तो अबैध चूरोट सूर्तिको बिक्री बितरणमा रोक लगाउने बिश्व सन्धिलाई पारित र अनुमोदन गरोस् र सूर्ति तथा चूरोट उत्पादनमा अधिक कर लगाओस् भन्ने माग गरे । 

Tobaccono.webp

बिश्व सूर्ति नियन्त्रण् सन्धिको सचिवालसँग सम्वन्धित रोड्रिगो सेन्टोज फिजोले के भनेका छन् भने यो अबैध सूर्ति ब्यापारको पूर्ण अन्त्यले केवल जनस्वास्थ्यलाई फाइदा पुग्ने मात्र होइन, सरकारहरुले राजश्व पनि बढी पाउने छन् र शतत बिकासका लागि अधिक तीब्रतापूर्बक काम पनि गर्न सक्तछन् ।

कोभिड–१९ मा गम्भीर परिणम र मृत्युको सम्भावना तिनै रोगहरुबाट बढी भइरहेको बताइएकाे थिय जसको जनक सूर्ति रहेको छ र हृदय रोग, क्यान्सर, मधुमेह, श्वासप्रश्वास रोग आदि । त्यसैले सूर्ति उद्योगलाई कानुनीरुपले जिम्मेवार बनाउनु जरुरी छ, जसले गर्दा चुरोट लगायत सूर्तिजन्य पदार्थबाट मानब स्वास्थ्य र पृथ्वीमा भएका यस्ता सबै नोक्सानहरुको पूरा भरपाई गर्नका लागि सूर्ति या चुरोट उद्योगहरुलाई बाध्य पार्न सकियोस् ।

अर्का डा. तारासिंह बाम जो ‘इण्टरनेशनले यूनियन अगेन्स्ट ट्यूबोरकुलोस् एण्ड लंग डिजिजेज’ एशिया–प्यासिफिकका निर्देशक रहेका  हुन्, उनले भनेका छन् – मानब निर्मित सूर्ति महामारीलाई पूर्णरुपले अन्त्य गर्नु आवश्यक छ । किनकि यसबाट पूर्णरुपले मानबलाई बचाउ गर्न सम्भव छ । यो सूर्तिको धन्धा या ब्यवसायबाट जति राजश्व आउँदछ त्योभन्दा धेरै गुणा बढी नोक्सान हुने गर्दछ । लाखौ मानिसको ज्यान चूरोट सूर्ति सेवनबाट जान्छ । बिश्वमा हरेक बर्ष ८० लाखभन्दा बढी मानिस चूरोट सूर्तिका कारणबाट मर्ने गरेका छन् । त्यसैले यसको ब्यापारमा रोक लगाउनु अत्याबश्यक छ । यसको ब्यापार बैध या अबैध जे सुकै भए पनि यो घातक छ ।