बुधबार, भाद्र ३ गते २०८३

उपत्यकामा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात र व्यवसाय सञ्चालन गर्न पाइने

आषाढ १४, २०७८ सोमबार
उपत्यकामा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात र व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार १५ गतेदेखि असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । तर यस अवधिमा पसल तथा सवारीसाधन सञ्चालन भने खुकुलो गरिएको छ । 

काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ । सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।

औषधी तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाध सामग्री तथा अन्य व्यापार व्यवसायको हकमा औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्न पाउने,  खाधान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरु साँझ ६ बजेसम्म संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।

यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भौडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल मोवाइल तथा कम्प्यूटर पसल र निर्माणजन्य सामग्रीको पसल, हार्डवेयर पसल, विजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर लगायतका पसल बिहान बिहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन गर्न पाइने उल्लेख छ ।

निषेधाज्ञासम्बन्धी विस्तृत विवरण यसप्रकार रहेकाे छः

kathmandu 2.jpg

kathmandu 3.jpg

kathmandu.jpg