बुधबार, भाद्र ३ गते २०८३

आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड


माघ २६, २०८२ सोमबार
आईएमई लाइफलाई अन्तराष्ट्रिय अवार्ड

इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ मा आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अवार्ड हात पार्न सफल भएको छ ।

कम्पनीले उत्कृष्ट ग्राहकमुखी सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो । यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायक मण्डलले निर्णय गरेको थियो । यो कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।

देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी भएका थिए । उनले डिजिटल प्रविधि र एआई को उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए ।