बिहीबार , कार्तिक २० गते २०८३

सरकारद्वारा बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त


कार्तिक २०, २०८३ बिहीबार
सरकारद्वारा बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

  अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए। शपथ पछि अर्थमन्त्री डा.वाग्लेले विशेष निर्देशन दिंदै नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएको अर्थ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।