नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको लागि ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ अनुदान ऋण प्रवाह भएको जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, विभिन्न १० शीर्षकका कर्जामा अनुदान गएको हो। अनुदान सरकारले उपलब्ध गराउँछ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोज महिनासम्म २ खर्ब ३१ अर्ब ४३ करोड कर्जा स्वीकृत भएको छ। लगानी भने एक खर्ब ९८ अर्ब ९२ करोड रुपैयाँ भइसकेको छ।
सरकारले महिलाबाहेक सबै शीर्षकको ऋणमा ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँछ। महिलामा भने ६ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।
व्यवसायिक कृषि तथा पशुपन्छीमा एक खर्ब ४९ अर्ब ३१ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ। यमध्ये बिना धितोमा २ अर्ब ७१ करोड गएको छ। धितो सहितमा एक खर्ब २४ अर्ब रुपैयाँ गएको छ।
शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड ७८ लाख रुपैयाँ गएको छ भने विदेशबाट फर्केका युवा परियोजना कर्जा ७६ करोड ४२ लाख रुपैयाँ गएको छ।
महिला उद्यमशील कर्जा ७६ अर्ब २८ करोड रुपैयाँ गएको छ। दलितलाई ७३ करोड ९४ लाख, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ४५ करोड ८२ लाख रुपैयाँ गएको छ।
भुकम्प पीडितलाई सात करोड ५५ लाख रुपैयाँ गएको छ। कपडा उद्योगलाई ४ अर्ब ११ करोड गएको छ भने प्राविधिक तथा ब्यवसायिक तालिम परिषद् बाट ट लिइने तालिमेलाई ४ लाख र युव वर्ग स्वरोजगार कर्जा ८३ लाख रुपैयाँ स्वीकृत भएको छ।