शनिबार, आश्विन १७ गते २०८३

किसानको मल प्लाईउड कारखानामा बेच्नेहरुमाथि कारबाही होस्


श्रावण २५, २०८२ आइतबार
किसानको मल प्लाईउड कारखानामा बेच्नेहरुमाथि कारबाही होस्

कपिलबस्तु । यहाँको बहादुरगञ्ज स्थित प्लाईउड कारखानमा किसानले अनुदानमा पाउने यूरीया मल  पुगेपछि त्यहाँका जानकार र किसानहरुले यो किसानको लागि अनुदानमा आएको भनिएको मल कसरी त्यहाँ पुग्यो भन्ने गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले यहाँ जन प्रतिनिधि, प्रशासन र साल्टट्रेडिङ्ग समेत मिलेर किसानलाई ठगिरहेका हुन् ? भन्ने ठूलो सन्देह प्रकट गरेका छन् ।
किसानले पाउनु पर्ने अनुदानको मल यसरी कालो बजारी र हिनामिना गर्ने जोसुकै होस् कडा कारबाही गरिनु पर्दछ भन्ने  माग उनीहरुले गरिरहेका छन् । के जनताको यो जायज आवाज सरकार र यसका सम्बन्धित निकायकहरुले सुन्लान् ?