बुधबार, भाद्र ३ गते २०८३

विश्व रक्तदाता दिवसको अवसरमा वाकाथन प्रतियोगिता हुँदै


जेठ २३, २०८२ शुक्रबार
विश्व रक्तदाता दिवसको अवसरमा वाकाथन प्रतियोगिता हुँदै


ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान), पुर्वी भेगीय क्षेत्रको आयोजनामा जेठ २४ गते शनिवार वाकाथन प्रतियोगिता हुने भएको छ । 

‘विश्व रक्तदाता दिवस २०२५’ को अवसरमा ‘रक्तदान गरौं, आशा जगाऔं, सबै मिली जीवन बचाऔं’ भन्ने  थिममा वाकाथन हुन लागेको हो । काठमाडौंको तीनुकुनेस्थित कान्तिपुर रक्तसञ्चार केन्द्रको प्राङ्गणबाट विहान ६ः३० बजे शुरु भई बानेश्वर पुगेर पुनः तीनकुनेमा आइ वाकाथन समापन हुने अध्यक्ष रवि रिमालले जानकारी दिए ।  

वाकाथनमा विभिन्न विद्यालयका विद्यार्थिहरूको सहभागिता रहने छ भने प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतिय हुने खेलाडी हरूलाई नगद पुरस्कार सहित ट्रफि प्रदान गरिनेछ । सोही अवसरमा ‘विश्व रक्तदाता दिवस २०२५’ कै अवसर पारेर रक्तदान सम्बन्धी जनचेतना जगाउने स्मारिका विमोचन तथा  वितरण हुनेछ । कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने संघसंस्था तथा व्यक्तिहरुलाई सो अवसरमा मायाको चिनो समेत प्रदान गरिने भएको छ ।