केही दिन अघिको अविरल वर्षाका कारण कृषि उपजमा अरबौंको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक अध्ययनले साढे ४ अर्बको धानबाली र ३२ करोड बढीको नगदेवालीमा क्षति पुगेको देखाएको छ ।
मन्त्रालयले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार १ लाख ६१ हजार २२३ मेट्रिक टन धानबारीमा क्षति पुग्दा ४ अर्ब ५१ करोड ४२ लाख २५ हजार रुपैयाँ कृषकले गुमाएका हुन् ।
मन्त्रालयका अनुसार विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । भित्राउने बेलाको धानबाली नष्ट भएपछि मुलुकले ठूलो परिणाममा धानचामल आयात गर्नुपर्ने देखिएको छ । यसले खाद्य संकट समेत निम्त्याउन सक्ने अनुमान कृषि क्षेत्रका जानकारहरुको अनुमान छन् ।