शनिबार, आश्विन १७ गते २०८३

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

कार्तिक ४, २०७८ बिहीबार
सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

 

राष्ट्रिय वाणिज्य बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न. ६ मा शाखा शुरु गरेको छ । सर्लाहीको बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । 

यो सँगै बैंकका शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।