शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकद्वारा दिदीबहिनी कृषक समुहलाई सहयोग

आश्विन १७, २०७८ आइतबार
हिमालयन बैंकद्वारा दिदीबहिनी कृषक समुहलाई सहयोग

 

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको  कटरबोटेमा रहेको ‘दिदी बहिनी कृषक समूह’लार्ई फोटोकपी सहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ । 

सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ । उक्त स्थान निकै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले गर्दा समाज सेवी समुहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका तर्फबाट महाप्रबन्धक अनुप मास्केले दिदीबहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।