आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले दशैँको झट्का स्किम सार्वजनिक गरेको छ ।
यो अफर अन्तर्गत असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टा आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ ।
क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासंगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्न सक्ने र आईएमई पेमा दर्ता भएको मोबाइल नम्बरबाट मात्र टिकट गर्नुपर्ने कम्पनीले जनाएको छ ।