शनिबार, आश्विन १७ गते २०८३

बुडोल सामुदायिकको नाफा ५ कराेड नजिक, १४.४२ प्रतिशत लाभांश दिने

आश्विन १०, २०७८ आइतबार
बुडोल सामुदायिकको नाफा ५ कराेड नजिक, १४.४२ प्रतिशत लाभांश दिने

 

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कैलाश केसीको सभाध्यक्षतामा सम्पन्न भएको छ । 

संस्थाकी कर्मचारी कृष्टिना श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ  शर्मा कोईरालाले उपस्थित सबैलाई स्वागत गरेका थिए । सभा समक्ष संस्थाका सचिव जयराम थापाले आर्थिक वर्ष ०७७।०७८ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष राधेश्याम केसीले आव ०७७।०७८ को आर्थिक प्रतिवेदन र आव ०७८।०७९ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको तर्फबाट सदस्य सन्तोष आचार्यले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

आर्थिक वर्ष ०७७।०७८ को अन्त्यसम्ममा संस्थाको कुल सम्पत्ति रु १ अर्ब ४५ करोड १४ लाख, बचत संकलन रु १ अर्ब १६ करोड २०लाख र शेयर पूँजी रु १३ करोड २लाख ५२ हजार पुगेको छ ।  त्यसैगरी संस्थाको लगानीमा रहेको ऋण रु १ अर्ब २ करोड १२ लाख, संस्थागत पूँजी रु १० करोड २ लाख ७२ हजार तथा संचालन मूनाफा रु ४ करोड ९८ लाख १९ हजार रहेको छ ।

सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

सभासमक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि केसी, सल्लाहकार प्राध्यापक भोलाबहादुर केसी, सल्लाहकार अधिवक्ता नवराज बडाल र  भैरव केसीले शुभकामना दिएका थिए । 

budol 2.jpg