बिश्वको सबैभन्दा खुशी देश फेरि पनि फिनल्याण्ड नै भएको छ । सातौ पटक यो देशले अग्रस्थान पाएको छ । त्यसपछि डेनमार्कक, आइसल्याण्ड र स्वीडेको नम्बर आएको छ । इजरायलले पनि यो श्रेणमा पाँँचौ स्थान बनाएको उल्लेख छ । त्यसपछि कंगो, सिएरालिओन लेसोथो र लेबनानपछि अफगानिस्तानलाई सबैभन्दा कम खुशियाली भएका देश त्यो प्रतिबेदनले मानेको छ । यसभन्दा अघिकोे प्रतिबदना खुशी देशमा संयुक्त राज्य अमेरिकाको स्थान १६औं रहेकोमा अहिले त्यो घटेर २३औं स्थानमा झरेको छ । यो बर्ष क्यानाडा भने १५औं स्थानमा छ । अनि बृटेन २०औ, जर्मनी २४औ र फ्रान्स २७औ स्थानमा परेको छ । मध्यपूर्बका देशहरुमा यूएई २२औ र साऊदी अरब २८औं स्थानमा छ ।
एशियाली देशहरुमा सिंगापुर ३०औ स्थानमा जापान ५०औ स्थानमा र दक्षिण कोरिया ५१ स्थाना रहेका छन् । भारत भने १२६औ स्थानमा छ । जबकि चीन भने ६० र नेपाल ९३औं स्थानमा छ । यसरी नै पाकिस्तान १०८औं, म्यानमार ११८औ श्रीलंका १२८औं र बंगलादेश १२९ स्थानमा रहेका छन् । उल्लेखनीय छ कि यो बिश्व खुशीको प्रतिबेदन हरेक बर्ष संयुक्त राष्ट्र शत बिकास समाधान नेटवर्क(एसडीएसएन)द्वारा प्रकाशित गर्ने गरिन्छ ।यस बर्ष यो प्रतिबेदन गेलप, अक्सफोर्ड वेलबीङ्ग रिसर्च सेण्टर,यूएन सस्टेनेबल डेभलोपमेण्ट सोल्यूसन नेटवर्क र डब्ल्यूएचआरको सम्पादकीय बोर्डको सहकार्यमा तयार गरिएको थियो ।
यस
प्रतिबेदनमा ६ वाटा कारकलाई ध्यानमा राखिन्छ जसमा प्रतिब्यक्ति उत्पादन बृद्धि अर्थात जीडीपी, हेल्थी लाइफ एक्सपेक्टेशन, कसैमाथि भरोसा गर्ने कुरा, जीवन बिकल्प रोज्ने स्वतन्त्रता, उदारता र भ्रष्टचारबाट मुक्तिको कुरालाई सामेल गरिएको हुन्छ । यो प्रतिबेदनमा सातौ बर्षसम्म एक नम्बरमा अब्बल रहने फिनल्याण्डको सबैभन्दा उच्च खुशीयालीका पछाडिको एउटा महत्वपूर्ण कारक यसको सबल सामाजिक कल्याण प्रणाली मानिएको छ । फिनल्याण्डको ब्यापक स्वास्थ्यको हेरचाह, शिक्षा र सामाजिक सुरक्षा कार्यक्रमहरुको माध्यमले उसले आफ्ना देशका नागरिकहरुको भलाईलाई उच्च प्राथमिकतामा राखेको छ । त्यहाँको सुलभ स्वास्य सेवाले के सुनिश्चित गर्दछ भने ठूलो लागतको बोझ बिनानै त्यहाँ गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छ । जसले गर्दा नागरिकहरुमा तनाब कम हुन्छ र समग्रग जीवन चक्रमै सन्तुष्टी बढ्दछ । त्यसरी नै फिनल्याण्डको शिक्षा प्रणाली पनि आफ्नो समावेशिता र उत्कृष्टताको लागि प्रसिद्ध छ । जसमा सबै नागरिकहरुलाई शैक्षिक र ब्यबसायिक रुपले अघि बढ्नका लागि समान अबरस प्रदान गर्ने गरेको छ । यसका अतिरिक्त फिनल्याण्डको कार्य–जीवन सन्तुलनमा जोर दिइएको छ जसले खुशी पैदा गर्नमा महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । फिनिश कार्य सँस्कृति उचित कामकाजी घण्टा, पर्याप्त छुट्टीको समयमा र माता पिताको छुट्टीको नीतिा बढावा दिन्छ जसले पेशेबर जिम्मेवारी र ब्यक्तिगत जीवनका बचि सामञ्जस्यपूर्ण सन्तुलनलाई प्रश्रय दिन्छ ।
यस सन्तुलित दृष्टिकोणले केवल तनावको स्तरलाई कम गर्ने मात्रै होइन, त्यसले नागरिकहरुको अबकाश, पारिबारिक तथा सामाजिक सम्बन्धलाई प्राथमिकता दिने कार्यलाई पनि अनुमति दिन्छ ।यसका अतिरिक्त फिनल्याण्डको सामुदायिक तथा समाजिक एकजूटताको सबल भावनाले पनि उसको खुशियालीको स्तरिकरणमा महत्वपूर्ण योगदान दिने गरेको छ ।हुन पनि फिनिश समाजले परस्पर बिश्वास समानता र एकजुटतालाई निकै महत्व दिन्छ जसल खुशियालीका लागि एउटा सहायक वातावरण सिर्जना गर्दछ जसले नागरिकहरु एकअर्काेसँग जोडिएका हुन्छन् र त्यसलाई मूल्यबान कुरा मान्दछन् र महसुश पनि गर्दछन् ।

अर्कोतिर यता भारतले भने बहुमुखी चूनौतिहरुको सामना गर्नु परिरहेको छ र त्यसले खुशियालीको मोर्चामा उसको प्रगतिमा बाधा उत्पन्न गरिरहेको पनि बताइएको छ । भारतका मुद्दाहरुमा सबैभन्दा गम्भीर मुद्दा असमानताको मुद्दा छ ।जसले आबश्यक सेवा र अवसरहरुमा पुग्नका लागि असमानतालाई नै बढाव दिन्छ । हालैका बर्षहरुमा भारतको आर्थिक बृद्धि दरमा बृद्धि भए पनि जनसंख्याको एउटा ठूलो हिस्सा असमानताको किनारामै धकेलिएको छ र आवश्यक सेवाहरुबाट पनि बञ्चित छ । फलतः त्यसले गरीबी र असन्तोषको चक्र कायम रहेको छ।
वस्तवमा फिनल्याण्डसँग तुलना गर्दा भारत अपर्याप्त स्वास्थ्य सेवा, शिक्षाको आधारभूत ढाँचामा कमजोर, स्वच्छ पिउने पानी र स्वच्छतासम्म पहुँचकोकम जस्ता ब्यापक सामाजिक बिषयहरु मुद्दामा जुधिरहेको छ । यस्ता चूनौतिहरुले केवल ब्यक्तिगत कल्याणका कामलाई कमजोर तुल्याउने मात्र होइन कि संस्थानहरुको बिश्वासमा पनि कमी ल्याउँन मद्दत गर्दछ । अनि सामाजिक अशान्ति र असनतोषमा पनि त्यसले योगदान गर्दछ । भारता तीब्ररुपमा बढ्दै गएको शहरीकरणर आर्थिक बिकासका कारण भएको पर्यावरणीय स्खलन आदिले गर्दा संसाधनहरुमा तनाव बढ्न गएको छ । जजसबा शतत बकास र जीवनको गुणस्तरीयता एउटा ठूलो चूनौति बन्न गएको छ । प्रभावकारी र दीगो शहरी योजना र पर्यावरण पनि गिरावट हटाउने नीतिमा कमजोरी, प्रदूषण, भीडभाड र अन्य पर्यावरणीय खतराहरुलाई बढाउँदछ । यसबाट लाखौलाख नागरिहरु जीवन समग्र गुणस्तरीयता कम हुन जान्छ ।
फिनल्याण्डबाट सिकेर भारत लगायतका समस्यासँग जुधिरहेका देशहरुका नीति निर्माताहरुले आ–आफ्ना देशका सै नागरिकहरुलाई उचित अवसर र सेवाहरुसम्म समान पहुँच सुनिश्चित तुल्याउनका निम्ति सामाजिक कल्याण, स्वास्थ्यको हेरचाह, शिक्षाको आधाभूत ढाँचका लागि उचित लगानीलाई प्राथमिकता र महत्व दिनु अत्यावश्यक देखिन्छ । यसका साथै अतिरिक्त कार्य–जीवन सन्तुलनको सँस्कृति, सामुदयिक सम्बन्ध र सामाजिक सामञ्जस्यलाई सुदृण् गर्न सामाजिक स्तरमा खुशियाली र कल्याण अभिबृद्धि गर्न अत्यावश्यक छ । अन्यथा खुशियाली रिपोर्ट नकारात्मकतातिर नै धकेलिने कुरा निश्चित छ । अहिलेसम्मको अनुभवले पनि यही दर्शाउँदै आएको छ ।