बुधबार, भाद्र ३ गते २०८३

अनाथ बालबालिकाको पालन–पोषण र हेरचाह बारे कुरान


चैत्र १२, २०८० सोमबार
अनाथ बालबालिकाको पालन–पोषण र हेरचाह बारे कुरान
हाल इस्लाम धर्मालम्बीहरूले एकमहिना 'रोजा' (उपवास) पालन गरिरहेका छन् । सूर्योदय भएपछि रातीसम्म पानी पनि खान नहुने यो कठोर उपवासमा मुसलमानहरू राती एकपटक खाना खान्छन्। सोही अवसरको सेरोफेरोमा एउटा चर्चा गरौं ।
गरिबलाई दान दिनुपर्ने आदर्श कर्ममा आधारित सांस्कृतिक पर्व, ईद उल फित्रको प्रारम्भ १४ सय वर्षअघि हजरत इब्राहिमले अल्लाहसमक्ष प्रस्तुत गरेका थिए । फित्रको अर्थ दान हो । बकरिद नामले पनि पुकारिने यो चाड मनाउँदा १ महिनासम्म सूर्य नअस्ताउन्जेल पानीसमेत नपिई उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरू दिनको चन्द्रमा दर्शन गरेपछि मात्र खाने चलन छ ।
नेपाल एकीकरणभन्दा करिब डेढसय वर्षअघि नै नेपालमा बसोबास थालेका र २०७८ को जनगणना अनुसार देशका ३८ जिल्लामा रहेबसेका मुसलमान जनसंख्या करिब ४.७५ प्रतिशत (हाल करिब १५ लाख) छ ।
 
अलग धर्मावलम्बी भए पनि मुसलमानहरू यहाँका हिन्दु, बुद्धिस्ट आदि अन्य धर्मावलम्बीहरूसँग हेलमेल र भाईचाराका साथ बसोबास गर्दैआएका छन् । कतिपय मुसलमानहरू त हिन्दु मन्दीरका संरक्षक छन् । छठ पूजामा भाग लिने वा स्वस्थानी कथा सुन्ने पनि पाईन्छन्। आफूलाई मधेशी भनेको नरुचाउने तराईवासी मुसलमानहरूभित्र आफ्नै २५ प्रकारको वर्णव्यवस्था देखिन्छ 
 
काठमाडौँको जामे मस्जिदका मूल पूजारी (मौलाना) इमाम शकील अहमदले सम्पूर्ण नेपाली मुसलमानको भावना समेट्दै एक अन्तर्वार्तामा भनेका थिए, “नेपाल हिन्दु राज्य भए पनि (हामीलाई) फरक पर्दैन” (घटना र विचार साप्ताहिक, बुधबार, २९ असोज ०७१) । उनीहरूको यस्तो निष्कर्षमा २ वटा कारकतत्व देखिन्छन्, पहिलो, हिन्दु राज्य भएपछि अल्पसंख्यक धर्मको संरक्षण गर्नु राज्यको अनिवार्य लोकतान्त्रिक कर्तब्य हुन्छ । दोस्रो, हिन्दुराज्यका अल्पसंख्यक मुसलमानको रुपमा विदेशमा आफूहरू प्राथमिकतामा परिन्छ ।
 
नेपाली मुसलमानहरू देशभक्त छन् 
 
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जित्नका लागि स्थानीय साहु–महाजन तथा गन्यमान्यलाई हात लिने क्रममा वि.सं. १८२२ वैशाखमा स्थानीय कश्मीरी मुसलमान साहु सदुल्लाजी मोजम्जीलाई लेखेको पत्रको यस अंशद्वारा पनि उनीहरूको रैथाने हैसियत बुझिन्छ, “.....तुम्रा नेपालको घर षेत जति छन् सभ हामीले माफ गरिबक्स्यौँ. नेपाल महाँ हाम्रो अंवल प्रवेस हुँदा का दिन सभ महाजनहरुकन सलामी ज्या लगाना. सो चह्राउनु परला. तुम्रा घर्षेतकन माफ गरिबक्स्यौँ. कौनै बात को सन्देहज नमान.” (स्तम्भ- ‘मजलिस घर’मा कमलमणि दीक्षित, हिमाल खबरपत्रिका, २९ भदौ–४ असोज, ०७१ अंक) ।
 
माथि उद्धृत भनाई कुरआनमा महिलाको विवाहबारे ‘सुरह निसा’ को श्लोक नं. ६ मा लेखिएको, “वब्तलुल यतामा हत्ता इजा बलगुन निकाह’ को नेपाली रुपान्तर हो । ११४ अध्याय र ६२३६ अयत (श्लोक) मा सुसज्जित इस्लाम धर्मग्रन्थ कुरान (वास्तविक उच्चारण ‘कुरआन’) ईस्लामका परमेश्वर अल्लाहद्वारा करिब चौधसय वर्षअघि आफ्ना दूत पैगम्बर महम्मदमार्फत पठाईएको अन्तिम तथा सर्वोच्च सन्देशको किताब हो ।
 
प्रारम्भमा यसको प्रसार मौखिक रूपमा भएको थियो भने सन् ६३३ मामात्र लिपिबद्ध गरियो र ६५३ मा इस्लामी साम्राज्यमा वितरण गरियो । यसरी रोमन र ईरानी महान शक्तिका बीच स्थापित गरेर मरुभूमिका अनपढ तथा अचेत जनसमुदायलाई शिक्षित तथा जागरुक बनायो । कुरआन ले युध्द, शांति, राज्य सञ्चालन, पूजा तथा उपासना (इबादत) जस्ता कर्मद्वारा परिवार तथा समाजमा गहिरो प्रभाव पारेको छ।
 
मुसलमानमा पनि विकसित र पिछडिएको जात विभाजन तथा वर्ण व्यवस्था छ । नेपाली मुसलमानका २५ वटा ‘तल्लो जात’— १. बागदी, भंगी, २. कसाई, ३. चीक, ४. डफाली, ५. धुनिया, ६. धोबी, ७. नट, ८. पमरिया, ९. भठियारा, १०. भाट, ११. मिरियासिन, १२. मदारी, १३. मोरशिकार, १४. साई, १५. मोमिन, १६. राईन, १७. कुजरा, १८. ठकुराई, १९. बलखो, २०. इदरिसी, २१. सेकलगर, २२. फकिर, २३. मुकरो, २४.रंगरेज, २५. चुडिहार, (जयप्रकाश गुप्ता, ‘मधेस : सामाजिक संरचना र विभेद’ पृ. ५६, २०६१ ) ।
__________________
(सीमा खान, विकिपिडिया र आफ्नै नोटका आधारमा)