शुक्रबार, कार्तिक ७ गते २०८३

मान्छे कतिदिनसम्म खाना नखाई बस्नसक्छ ?


चैत्र ३, २०८० शनिबार
मान्छे कतिदिनसम्म खाना नखाई बस्नसक्छ ?

बिश्व भरीमा यतिबेला ७० करोडभन्दा बढी मानिसहरु भोकमरीको चूनौति झेलिरहेका थ्यांकहरु प्रकाशमा आएका छन् । इजरायलले अतिक्रमण गरेको प्यालेस्टिनीहरुको गाँजा क्षेत्रमा भोकमरीको यो समस्या अहिले सबैभन्दा चर्को र जटील छ । त्यसको सबैभन्दा दारुण असर बालबालिकामाथि परिरहेको छ । तर मानिसको शरीर नै यस्तो छ  कि त्यो शरीरले खानेकुरा केही नभेटे पनि केही समयसम्म जिउँदो रहन सक्छ । बिभिन्न देशका  बैज्ञानिकहरुले यस सम्बन्धि अनुसन्धान गरिरहेका छन् र तथ्यहरु प्रकाशमा ल्याइरहेका छन् । 
 अहिले त्यो प्यालेस्टिनी भूमि गाजापट्टीमा मानिसहरु भोकमरी र कुपोषणको समस्याले अत्यन्तै आक्रान्त बनेका छन् । त्यो प्यालेस्टिनी क्षेत्र इजरायलले अतिक्रमणकारी युद्ध छेडेपछिदेखि नै अहिले बिश्व चर्चाको केन्द्र बनेको छ । बिश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयेससका अनुसार ‘कुपोषणको स्थिति त्यहाँ अत्यन्तै भयावह स्तरमा’ पुगेको छ। त्यसले गर्दा कम्तिमा पनि १० जना बच्चाको त मृत्यु नै भइसकेको छ । अनि त्यहाँ बिद्रोही प्यालेस्टिनी हमासद्वारा सञ्चालित प्यालेस्टिनी स्वास्थ्य मान्त्रालको भनाइ अनुसार यस बीच भोजन र स्वच्छ पानीको कमीको कारणले १५ जना बाल बालिकाको मृत्यु भइसकेको छ । उत्तरी गाजमा लगभग ५ लाखभन्दा बढी मानिसहरु अहिले खाना र स्वच्छ पिउने पानीको समस्यासँग जुधिरहेका छन् । 

Gaza_Condition-g.jpg
 भोको रहुनु पर्दाको अनुसन्धान गरिरहेका बिशेषहरुका अनुसार लामो समयसम्मको भोको स्थिति शरीरका लागि गरुङ्गो बोझ जस्तै हुने गर्दछ । तर मानिसको शरीरको बिकास प्रक्रियामा यसलाई कस्तो प्रकारले बनाइएको स्वास्थ्य बैज्ञानिकहरु बताउँदै छन् भने आवश्यकता पर्दा  त्यो शरीरले केही सातासम्म भोजन बिनै पनि जिउदो रहन सक्छ । तर यो कुरा हरेकका लागि प्रभावकारी नहुन पनि सक्छ ।यसमा अन्य धेरै पक्षले भूमिका निभाउन  सक्दछन् ।जस्तो कि यदि कुनै ब्यक्ति बिमारी छ भने उसको प्रतिरोधक क्षमता कमजोर भएको हुन्छ । त्यस्तो स्थितिमा भोजनको कमीले उसले भोजन बिना जिउदो रहने सम्भावना कम भएर गएको हुन्छ ।यस सम्बन्धमा स्वास्थ्य र भोक बीचको अन्तरसम्बन्धका ज्ञाताहरुको यो कुरा सुनौ कि त्यस्तो कुन प्रकृया हो जसले भोकलाग्दा भोजन नेभेटेको र पोषणको कमी हुँदाको स्थितिमा पनि आफ्नो अस्तित्व जोगाउने प्रयास गर्ने गर्दछ । 
अस्तित्व बचाएर राख्नका लागि बनेको हुन्छ शारीरिक ढाँचा
 मानिसको मस्तिष्क भित्र ‘हाइपोथेलेमस’ नामको एउटा हिस्सा हुन्छ । भोकको अनुभूति गराउनमा त्यसको अहं भूमिका हुन्छ । रगतमा चिनीको स्तरमा गिरावट आउनासाथ त्यो हिस्सा सक्रिय हुने गर्दछ । सबैभन्दा पहलिा हाइपोथेलेमसले मृगौलाको ‘एड्रिनल’ ग्रन्थीहरुमा तनाब उत्पन गर्न हर्मोन ‘एड्रिनेलिन’ निकाल्न या स्राबित गर्ने निर्देशन गर्दछ । त्यसले मानिसलाई भोजनको खोजतर्फ उन्मुख गराउँदछ । तर भोजन खोज्नमा असफल भएमा मस्तिष्कले बैकल्पिक योजना अर्थात ‘प्लान बी’मा रहेर काम गर्न थाल्दछ । त्यस अन्तरगत त्यसले शरीरको अन्य हिस्साको ग्लूकोज(सुगर) को खोजी गर्दछ ।
 बिज्ञहरुका अनुसार त्यो मस्तिष्कलाई आफुलाई सञ्चालन गर्नका लागि सुगरको एउटा स्वरुप ग्लूकोजको आवश्यकता हुन्छ जसलाई ‘ब्लड सुगर’ पनि भनिन्छ । कुनै ब्यक्तिको कूल शारिरीक तौलनको दुइ प्रतिशत हिस्सा मात्रै ग्लुकोजकोरुपमा  हुने गर्दछ । तर त्यो मध्येको आधा त केवल मस्तिष्कले नै उपायो गर्दछ ।यस आवश्यक सुगर प्राप्तिका लागि मस्तिष्कले शरीरलाई सुनियोजित रुपले निर्देशित गर्दछ जसमा ‘इन्सुलिन’श्रावलाई रोक्ने संकेत हुन्छ । त्यसबाट शरीरका मांसपेशीहरुलाई ग्लोकोजको आपूर्ति रोकिने गर्दछ र त्यसको सट्टा मस्तिष्कले ग्लुकोज उपयोग गर्दछ ।
भयंकर भोक लागेको बेला शरीरका प्रत्येक अंग आफ्नो मूल आकारको तुलनमा घटेर आधा रहने गर्दछन् भन्ने पनि अध्येताहरुको निष्कर्श छ । यो शरीर त्यतिबेलासम्म त्यस स्थितिमा रहन सक्छ जबसम्म त्यो खराब भएको हुँदैन र ब्यक्तिको मृत्यु भएको हुँदैन । मस्तिष्क यसको एक मात्र अपबाद हुन्छ जसले ग्लुकोज सुरक्षित राख्ने आफ्नो क्षमताका कारण अधिकतम ४ प्रतिशतसम्म खुम्चिन सक्छ । शरीरका अन्य भागहरु  ऊर्जा उत्पादनका लागि प्रोटिनतर्फ फर्किन्छन् । त्यो मांसपेशीहरुको मूल्यमा हुने गर्दछ, जसमा ब्यापकरुपमा प्रोटीन हुन्छ । मूख्यतः प्रोटीनको स्वरुपका ‘एमिनो एसिड’लाई शरीरले ग्लूकोजमा परिबर्तित गर्दछ ।

-Bhokmari.jpg
के मानिसले अत्याधिक भोक महसुश गर्नसक्छ ?
 यस सन्दर्भमा झण्डै आठदेखि दशदिनपछि शरीरले आफ्नो मेटाबोलिजन्म अर्थात उपापचय प्रणालीलाई ऊर्जाको किफायत किसिमले खर्च गर्ने किसिमको स्थितिमा ढाल्दछ । जनावरहरुको सुषुप्तावस्ता जस्तै मुटुको गति, रक्तचाप र शरीरको तापमान जस्ता आवश्यक शारीरिक गतिबिधहरु न्यूनतम स्तरमा चल्न पुग्दछन् सीमित भोजन मात्र उपलब्ध हुने स्थितिमा शरीरले यही सबैभन्दा राम्रो काम गर्दछ ।
 शरीरले ‘फ्याटी एसिड’लाई ‘किटोन बडीज’ भनिने तत्वमा रुपान्तरित गरेर शरीरको बोसोको उपयोग गर्न शुरु गर्दछ । त्यो किटन बडीज ऊर्जाको अत्यन्तै महत्वपूर्ण श्रोत हुन्छ । यो एक्लो यस्तो यौगिक संरचना अर्थात कम्पाउण्ड हो, जसको उपयोग मस्तिष्कले ग्लूकोजसँग पनि गर्न सक्छ । 
 तर जब ती फ्याटी एसिडहरु किटोन बडीजमा रुपान्तरित हुन्छन् तब त्यस प्रकृयाबाट नेल पलिस जस्तो गन्ध निस्कन्छ । त्यो किन हुन्छ भने यस्ता ‘एसिटोन’ हरु ती किटोन बडीजमा हुन्छन् जुन मृगौला र सासको माध्यमबाट उत्सर्जित हुने गर्दछन् । भोक लाग्ने क्रम जति लामो समयसम्म रहन्छ स्थिति त्यति नै खराब हुँदै जान्छ । उदाहरणका लागि छालाको अबरोधक क्षमता कम हुनजान्छ, प्रतिरक्षा प्रणाली कमजोर हुुनपुग्दछ र र जलन या इन्फ्लेमेशन बढ्न थाल्दछ । 
भोक लागेको बेला किन बेहाल हुन्छन् अंगहरु
बिस्तारै बिस्तारै शरीरले आफ्ना सबै महत्वपूर्ण अंगहरुलाई मस्तिष्कको भोजनमा रुपान्तरिकि गरिदिन्छ । केही समय पछि मानिसको शरीर केवल छाला तथा हड्डीहरुको ढाँचा मात्र बनेर रहन्छ र अंगहरु सबै निष्कृय भएर मर्न थाल्दछन् । धेरैजसो सबैभन्दा पहिला मुटुले जवाफ दिने गर्दछ । 
 कुनै मानिस कति लामो समयसम्म भोकसँग जुधेर जिउदो रहन सक्छ त्यो कुन कुराा भर पर्दछ भने मेटाबोलिज्म(चयाउपपाचय) प्रकृयाले कस्तो किसिमले स्वयमलार्य नयाँ किसिमले संयोजित गरेर मस्तिष्कलाई कम ग्लूकोजमाथि निर्भरताका लागि तयार तुल्याउन सक्षम हुन्छ । अघि पनि यसको उल्लेख गरिसकिएको छ । यसबाट महत्वपूर्ण अंगहरुमा प्रोटेर बचेर रहने सम्भावना कायम रहन्छ ।
यी सबै सुचारुरुपले चल्न सकुन शरीरलाई भोकको आरम्भिक संकत अबश्य दिइनु पर्दछ, जसले इन्सुलिन श्रावलाई रोक्न सकोस् । हुन त यो तरीकाले सधैंभरी काम गर्दैन । उदाहरणका लाग मलेरिया, एचआईभी÷एड्स या कुनै अन्य बिमारीसँग लडिरहेका मानिसहरुको रगतमा कयौं इन्फ्लेमेशनरी तत्वहरुको उपस्थिति रहन्छ, जसबाट प्र्याक्रियाले भोक सम्बन्धि मेटाबोलिज्मलाई अबरोध गरेर निरन्तर इन्सुलिन निकाल्न जारी राख्दछ । 
शरीरमा भोकको दीर्घकालीन प्रभाव
मानिसहरु भोकमरीबाट बाहिर निस्कन सक्छन् तर कतिपय मानिसहरुकलाई यसको दूरगामी शारीरिक एबं मनोबैज्ञानिक प्रभाव झेल्नु पर्ने हुन्छ । यसमा बिभिन्न अंगहरुलाई पुग्ने क्षति पनि शामेल छ जसको पूर्ति सम्भव नरहन पनि सक्छ । अंगहरुको निस्कृयता पन हुन सक्छ । प्रतिरक्षा प्रणाललाई प्रभावित तुल्याउनका साथै हड्डीहरुको बनावट पनि बिग्रन सक्छ । 
भोकमरीले इन्सुलिन, काटिसोल र थायराइड जसता हर्मोन्सहरुलाई पनि प्रभावित तुल्याउन सक्छ । भोकमरीसँग लड्ने गरेका मानिसहरुमा ग्यास्ट्रोइण्टेस्टाइनल समस्याहरु हुर्किन आशंका पन बढी नै हुन्छ । भोकमरीले प्रतिरक्षा प्रणालीलाई कमजोर तुल्याइदिन्छ जसबाट शरीर हैजा, ठेउला, मलेरिया जस्ता संक्रामक बिमारीको हिसावले अत्यन्त नाजुक हुन जान्छ ।
आमाबाट बच्चामा हस्तान्तरित हुन्छ भोकमारी
कुपोषित गर्भवती महिलाहरुमा भोकमारीको नकारात्मक प्रभाव तिनका बच्चाहरुमा पनि सर्दछ या हस्तान्तरित हुने गर्दछ । अमेरिकाको पेन्सिनभेलिया स्टेट यूनिभर्सिटीले २०२२ मा एउटा अध्ययन ती मानिसहरुका बीचमा गरिएको थियो जो दोश्रो बिश्व युद्धको समाप्तिका बेला डच हंगर इण्डेक्सको चपेटामा परेका थिए । जसमा बच्चामाथिको भोकमरीको दीर्घकालीन असरका बारेमा अध्ययन गरिएको थियो ।
 सबै उमेर समूहको बच्चाहरुको अध्ययनमा के सामुमा आयो भने गर्भाशयमा कुपोषणको सर्बाधिक नकारात्मक दीर्घकालीन दुष्प्रभाव हुने गर्दछ । यस्तो परिस्थितिमा जन्मिएका बच्चाहरुमा मधुमेह, मुट सम्बन्धि बिमारीहरु र कालान्तरमा मोटोपनाका अतिरिक्त मांसपेशीहरुसँग जोडिएका समस्याहरुकासाथै कान सुन्नमा पनि कठिनाई हुने सस्याहरु देखापरे ।
भोकमरीको मनोबैज्ञानिक प्रभाव
 सन् १९४० को दशकको मध्यमा शोधकर्ताहरुले भोकमरीको फिजियोलोजी बुझ्नका लागि एउटा यस्तो प्रयोग गरेका थिए जुन आजको समयमा अकल्पनीय मानिएला । अमेरिकी बैज्ञानिक एंसेल कीजले  त्यो अध्ययन गरेको थियो । त्यसमा सामेल भएका ३६ जना सहभागीहरुलाई  तीन महिनासम्म आवश्यकताभन्दा आधा(पच्चास प्रतिशत कमा) क्यालोरी मात्र भएको  भोजन सामाग्री प्रदान गरिएको थयो । निरन्तर भोकको मनोबैज्ञानिक प्रभाव बिशेषरुपले उजागर भएको थियो । कतिपय सहभागीहरु भने त्यस अध्ययनबाट पछि हटे भने कतिपयमा उदासीनताले घर ग¥यो । 
भोक बाँकी सबै पक्षहरुमाथि हावी हुन गयो । ती बैज्ञानिकको चासो केवल खाने पिउने बस्तुसँग जोडिएको थियो । कतिपय त नरभक्षी बन्नसँग जोडिएका पनि देखए । यद्यपि तिनको इन्द्रियहरु निकै तीब्र हुन गए । उनको सुघ्ने र सुन्ने क्षमता पनि पहिलाको तुलनामा राम्रो भएको थियो ।

बिभिन्न समाचार एजेन्सीहरू