बुधबार, भाद्र ३ गते २०८३

खल्ती डिजिटलबाट सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

भाद्र १५, २०७८ मंगलबार
खल्ती डिजिटलबाट सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

 

खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने सुविधा दिएको छ । 

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी संस्थामा रहेका खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ। नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।