बुधबार, भाद्र ३ गते २०८३

म्याद गुज्रेका बस्तु बिक्री गर्ने अगडा नेपाल भेन्चरमा विभागको छापा

भाद्र ८, २०७८ मंगलबार
म्याद गुज्रेका बस्तु बिक्री गर्ने अगडा नेपाल भेन्चरमा  विभागको छापा

बालाजुमा रहेको म्याद गुज्रेका खाद्य सामाग्रीमा रिलेबलिङ गर्दै बेच्ने  अगडा नेपाल भेन्चरमा वाणिज्य विभागले छापा मारी सिल गरेको छ। बिभागले उक्त कम्पनीमा छापा मारी रिलेबलिङ गर्ने मेशिन समेत जफत गरेको हो ।

विभागका अनुसार उक्त कम्पनीले लामो समयदेखि खान अयोग्य खाद्य बस्तुहरुलाई नयाँ मिति राखेर बजारमा पठाउने गरेको थियो।  

कम्पनीले विस्कुट, चक्लेट, पास्ता, सावुदाना लगायतका विभिन्न  किसिमका म्याद गुज्रिएका खाद्य बस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको विभागका प्रवक्ता शिवराज सेढाइले बताए ।

कम्पनीले भारतबाट म्याद गुज्रिएका खाद्य सामाग्री नेपालमा ल्याउने र त्यसमा नयाँ मिति राखेर बजारमा पठाउने गर्दै आएको थियो। यो सूचनाका आधारमा विभागका कर्मचारी र प्रहरी टोली गोदाममा पुगी सिल गरेको हो ।