मंगलबार, कार्तिक ११ गते २०८३

समस्या सहकारीमा मात्रै नभइ  हरेक क्षेत्रमा छः अध्यक्ष पुन

आषाढ १८, २०८० सोमबार
समस्या सहकारीमा मात्रै नभइ  हरेक क्षेत्रमा छः अध्यक्ष पुन


म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद पुनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधार स्तम्भका रुपमा रहेको सहकारी क्षेत्रमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको बताएका छन् । मालिका गाउँपालिका सहकारी शाखाले सञ्चालन गरेको तिनदिने सहकारी शिक्षा तालिमको आइतवार समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताएका हुन ।

समस्या हरेक क्षेत्रमा छन्, सहकारी क्षेत्रमापनि समस्या छन्, समस्या देखिएका छन्, केहीनियत खराव भएका सहकारीहरुले गरेको बद्मासीलाई देखाएर आम सहकारी क्षेत्रलाई तर्साउने गरी भएकाप्रचारलाई निस्तेज पार्नका लागि सबै तहका सरकार र अभियानगंभिर बन्नु पर्नेमा उनको जोड थियो ।

बदमासी गर्नेलाई कार्वाही गर्ने हो, उनीहरुले गरेको गल्तीको भारी आम सहकारीलाई बोकाउने गरी जसरी प्रचार गरिएको छ, यसलाई चिर्नका लागि पालिका सरकारले पहल गर्ने र त्यसमा पालिका भित्रका सबै सहकारीहरुले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

सहकारीका सञ्चालक र कर्मचारीहरुले कमजोरी गरेका छन् भने हामीले कार्वाही गर्छौ, तर देशमा आएको वित्तीय संकटका कारण समस्या देखिएका सहकारीहरुलाई जोगाउनु पनि पालिकाको र अभियानको जिम्मेवारी हो, अध्यक्ष पुनले भने, कुनै क्षेत्रमा समस्याआयो भने सबै एउटै हुन, सबै बद्मास हुन्, सबैले गलत गरेका छन् भन्ने तरिकाले प्रचार गरिनु हुदैन ।

सहकारी संस्थाहरुले वचततथा ऋणको कामसंगै सदस्यहरुलाई उत्पादनमा अग्रसर गराउने, उत्पादित वस्तुको बजारीकरणमा समेत ध्यानदिनु पर्नेमा अध्यक्ष पुनले जोड दिए ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगरले समुदाय केन्द्रीत सहकारीले गरेको सकारात्मक विषयहरु जनता र राज्यका बीचमा लैजानु पर्नेमा जोड दिइन । सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक सशक्तिकरणमा धेरै योगदान गरेका छन, केही बदमास सहकारीहरुका कारण सबैलाई एउटै तरिकाले हेर्ने र व्यवहार गर्न नुहने उनको भनाइ थियो ।

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट नवमालिका वचत तथा ऋण सहकारी संस्थाका सचिव छवि वि।क। र न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका सचिव लक्ष्मी सापकोटा आचार्यले तालिमबाट सहकारी संस्थालाई थप व्यवस्थित गराउन आवश्यक विषयहरु र सदस्यसंगको सम्बन्ध थप विस्तारका लागि योजना बनाउने विषयमा समेत सचेत बनाएको बताएका थिए ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु गरेका थिए । तालिममा गाउँपालिकाको सहकारी ऐन र पालिकाका सहकारीहरुको सम्बन्ध, सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको भूमिका, सहकारीमा वचत परिचालन र ऋण जोखिम व्यवस्थापन, सदस्यहरुका लागि वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका योजना अधिकृत तथा सहकारी शाखाप्रमुख