शनिबार, आश्विन १७ गते २०८३

कानुनमा संशोधन, मिटरब्याजीलाई ७ वर्षसम्म कैदको प्रावधान


बैशाख २२, २०८० शुक्रबार
कानुनमा संशोधन, मिटरब्याजीलाई  ७ वर्षसम्म कैदको प्रावधान

मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने भएको छ। सरकारले अध्यादेशमार्फत नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन गर्ने कारोबारीलाई थप सजायको व्यवस्था गरेको हो । कानुनविपरीत गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘ क’ मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने भन्दै व्यवस्था गरिएको हो। यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भनिएको हो। त्यस्तै ऋण असुलीका लागि कुनै पनि धाकधम्की दिन नहुने भनिएको छ।