नर्भिक हस्पिटलले नारी दिवसको अवसर पारेर ६ मार्चदेखि १३ मार्चसम्म विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुट दिने भएकाे छ ।
फिमेल वेलनेसका प्याकेजहरुमा एक साता समयाविधका लािग लागि १५ प्रतिशत छुट दिने हस्पिटलले जनाएकाे हाे । त्यसैगरी महिलाहरुको स्तनको जाँच(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने भएकाे छ। यी सबैखालका स्किमहरुमा उपलब्ध छुट ६ मार्चदेखि १३ मार्चसम्म मात्र कायम रहने अस्पतालले जनाएको छ ।