बुधबार, भाद्र ३ गते २०८३

पहिलो खोप कोभिशिल्ड लगाएकालाई २५ गतेदेखि एस्ट्राजेनेका खोप लगाइने

श्रावण २२, २०७८ शुक्रबार
पहिलो खोप कोभिशिल्ड लगाएकालाई २५ गतेदेखि एस्ट्राजेनेका खोप लगाइने

 

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर हालसम्म दाेश्राे खाेप नपाएका करिब साढे १३ लाख जेष्ठ नागरिकलाई सरकारले साउन २५ गतेदेखि दोस्रो मात्रा खोप लगाउने भएको छ।  सरकारले जापान  र भुटानले उपलब्ध भएकाे खोप एस्ट्राजेनका लगाउने तयारी गरेको जनाएकाे छ । 

परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको  जानकारी दिए।

उनले  खोप आपूर्ति भएसँगै उपत्यकाबाट कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिहाल्ने र खोप आएसँगै अन्य प्रदेशमा पनि सुरु गर्ने जनाए।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतबाट खरिदको खोप उपलब्ध नभएपछि उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।

जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनका खोप उपलब्ध गराउँदै छ। जसमध्ये भोलि र पर्सी दुई चरणमाा चार चार लाख डोज खोप नेपाल आउँदै छ। बाँकी आठ लाख डोज खोप १० दिन पछि आउने बताइएको छ। भुटानले प्रदान गरेको ३ लाख डोज एस्ट्राजेनका खोप आजै नेपाल आइसकेको छ।