महत्वपूर्ण बिषयहरूमा सरकार र सराेकारवालाहरूकाे ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयको पूर्ण बैठक पार्टीका संयोजक क.ऋषिराम कट्टेलको अध्यक्षतामा बस्यो । गुगल मिटमा बसेको बैठकमा पार्टीका सह-संयोजकहरू क.लोकनारायण सुबेदी र क. अम्बिकाप्रसाद ठैब, सचिबालयका सदस्य कमरेडहरू हरिदेव ज्ञवाली, रामबहादुर भण्डारी, शरणबिक्रम मल्ल, भीमप्रसाद सेढाइ, रत्नप्रसाद जोशी, रामदुलार महतो, सीता सुबेदी, कृष्णहरि भट्ट, राजेश बान्तबा, डा.मिश्री मण्डल, महेन्द्र जोशी,नरेश अमात्य र सत्यजनरायण मुखियाको उपस्थिति रहेको थियो ।
सचिबालयको यस पूर्ण बैठकले बर्तमान समयमा पार्टीको भूमिका तथा देश र जनताले बेहोरिइरहेका गम्भीर समस्यामाथि ब्यापक छलफल गरी निम्न लिखित निष्कर्श निकालेको र सरकार तथा सरोकारवाला सबैको ध्यान केन्द्रित गरेको छ ।
बैठकका महत्वपूर्ण निर्णयहरू
१. कुनै किन्तु परन्तुको बहानाबाजी नगरी कोरोना महामारीको चपेटामा परेका आम जनताको उपचारका निम्ति खोप दिन योग्य सबै उमेर समूहका जनताका लागि यथाशिघ्र खोपको ब्यबस्था गरी गाउ घरमै खोप अभियान चलाइयोस् र जनतालाई कोभिड –१९ को संन्त्रासबाट शिघ्र मुक्त गर्न सरकार सम्पूर्ण शक्तिकासाथ केन्द्रित होस् भन्ने बैठकले जोडदार माग गरेको छ र यस सम्वन्धमा पूर्ण जिम्मेवारीकासाथ सबै किसिमले तदारूकता र छिटोछरितो पना देखाओस् भन्ने कुरामा जोड दिएको छ ।
२. नेपालको सार्बभौमिक अखण्डता, स्वाधीनता र स्वतन्त्रमाथि सोझै खलल पुग्ने अत्यन्तै अपमानजनक र आपत्तिजनक एमसीसी सन्धि संसदबाट पारित गराएर देशलाइ डरलाग्दो भड्खालोमा जाक्ने र बाह्य शक्तिको अखडा बनाउने जुन कुटील चाल चलिदैछ त्यसको बिरूध्द नेपाल कम्युनिष्ट पार्टी निरन्तर खडा हुँदै आएको हो र यो बैठकले पनि त्यस सम्झाैताको तीब्र निन्दा र भर्त्सना गरेको छ र नेपाल र नेपाली जनताको अस्तित्वमाथि नै धावा बोल्ने र हाम्रो असंलग्न परराष्ट्र नीतिको बिरूध्द जाने यस्ता सन्धि नेपाल र नेपालीको हित र प्रतिनिधित्व गर्ने ब्यबस्थापिका लगायत कुनै पनि संस्थाले गर्न मिल्दैन र गरिनु हुन्न भन्ने जोडदार माग गरेको छ र यस्तो घोर आपत्तिजनक एमसीसी सन्धिका बिरूध्द खडा हुन र संयुक्त आन्दोलन चलाउन स्वाधीनताप्रेमी सम्पूर्ण नेपाली जन समुदाय समक्ष बैठकले जोडदार आह्वान गरेको छ ।
३. बैठकले दार्चुला जिल्लाका एक होनहार यूवा जयसिंह धामी तुइनबाट महाकाली नदी पार गर्दै गर्दा भारतीय एसएसबी जवानले तुइन काटेर ती यूवालाई नदीमा खस्न र बेपत्ता हुन बाध्य पार्ने जुन अत्त्यन्तै अमानबीय र घोर निन्दनीय अपराध गरेको छ त्यसको छानबीन गरी भारतीय अपराधीलाइ कडा कारबाही गर्न, ती बेपत्ता यूवाको पीडित परिबारलाइ यथेष्ठ क्षतिपूर्ति दिन र सीमाबर्ती क्षेत्रहरूमा यस्ता अमानबीय भारतीय ज्यादतिहरू दोहोरिन नदिन तथा नेपालीहरूको ज्यू धनको सुरक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ ।
४. बर्षौदेिखि नेपाली उखु किसानहरूको मूल्य नतिरेर किसानलाइ झुलाएर राख्ने र पटक पटक उखु किसानले आन्दोलन गर्दा सरकारले गरेका सम्झौताको पालना नगर्ने र सरकार स्वयं उखु मिल मालिकसँग साँठगाँठ गरेर उखु किसानको लगानी नै तहस नहस पार्ने र किसानको लगानी डुबाउने तथा जीवन गुजारा नै ठूलो संकटमा पार्ने जुन षडयन्त्रकारी प्रपञ्च रचिदै आएको छ त्यसको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र भर्त्सना गर्दछ । उखु किसानको बर्षौंदेखिको बक्यौता रकम ब्याज र हर्जनासहीत किसानलाई सरकारले तत्कालै उपलब्ध गराओस् र किसान ठग्ने र उनीहरूलाई दुःख दिने उखु मिल मालिकहरूलाई कडा कारबाही गरियोस् तथा यस्ता किसानमारा प्रबृत्तिको अन्त्य गरियोस् भन्ने बैठकले जोडदार माग गर्दै उखु किसानहरूको बक्यौता प्राप्तिको संघर्षमा नेपाल कम्युनिष्ट पार्टी सचिवालयको यो बेठक दृढ ऐक्यबद्धता जनाउँदछ ।
५. देशका बिभिन्न भागमा आएको बाढी पहिरोबाट नेपाली दिदी बहिनी तथा दाजु भाइहरूको जुन जन धनको क्षति भएको छ त्यसप्रति दुःख र चिन्ता ब्यक्त गर्दै यो बैठकले पीडित परिबारलाई यथेष्ठ राहत र सुरक्षित पुनर्बासको ब्यबस्था गर्न जोडदार माग गरेको छ ।
६. रणनीतिक संयुक्त मोर्चाले देश र जनतनका ज्वलन्त समस्याहरूलाई लिएर संयुक्त संघर्षमा तथारूखता देखाओस् र घोषित अबधारणाहरूलाई उन्नयन र परिमार्जन गर्दै नेपाली जनताको बैकल्पिक राष्ट्रिय शक्तकोरूपमा बिश्वास आर्जन गर्न सफल होस् भन्ने कुरामा बिशेष जोड दिदै शुभकामनायुक्त आग्रह बैठकले गरेको छ ।
७. यो बर्ष २०२१ चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाको सय बर्ष पुगेको शतबार्षिकी बर्ष भएकोले नेपाल कम्युनिष्ट पार्टी सचिवालयको यो बैठक महान चिनीयाँ जनताको क्रान्तिकारी असल परम्पराको र चिनीयाँ क्रान्तिका मार्गदर्शक महान् नेता माओको उच्च सम्मानकासाथ स्मरण गर्दछ र नयाँ जनबादी क्रान्ति सफलताकासाथ सम्पन्न गरेर राष्ट्रिय पूजीबादको उच्च चरणमा पुगिसकेको चीन अब बैज्ञानिक समाजबादमा सुरक्षितरूपमा अवतरण हुन सकोस् भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
८. बैठकले पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नं १ का अध्यक्ष कमरेड नरेन्द्र बस्नेतको कोरानाका कारण निधन भएको, बिभिन्न राेगसँग लड्दै आएका पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्लाका अध्यक्ष कमलप्रसाद घिमिरेको पनि निधन भएको तथा पार्टीका सचिवालय सदस्य तथा केन्द्रिय कार्यालयका सचिव कमरेड रत्नप्रसाद जोशीका पिता श्रीनाथ जोशीको ९४ बर्षको उमेरमा निधन हुन गएकोमा देहाबसान भएका दुबै पार्टी नेता कमरेडहरु र कमरेड जोशीका स्नेही पिताप्रति यो बैठक यथोचित सम्मानकासाथ हार्दिक श्रध्दाञ्जली ब्यक्त गर्दछ र शोकाकुल सबै परिबार जनमा गहिरो समबेदना प्रकट गर्दछ ।