काठमाण्डाै । नेपालमा घाँसे मैदान, पानी र वासस्थानको सुधारसँगै पछिल्ला वर्षहरूमा बाघको सङ्ख्या बढ्दै गएको भए पनि संरक्षणमा अनेक चुनौतीहरू रहेको विज्ञले बताउँदै अाछन्।
यस सम्बन्धमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालले बाघ संरक्षणमा पाँच प्रमुख चुनौती रहेको बताए।

यस सम्न्बन्धमा सन् २००८/००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त सङ्ख्या २३५ पुग्यो र सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य रहेको पनि बताइएकाे छ।
विश्व वन्यजन्तु संरक्षण कोष डब्लूडब्लूएफका अनुसार हाल विश्वभरि यतिबेला झन्डै ३,९०० बाघहरू बाँकी रहेका छन्।
जुलाइर् २९ का दिन बिश्वभर बाघ संरक्षाणा दिबस मनाउने गरिन्छ । यस वर्ष ‘बाघको अस्तित्व स् मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइकाे छ।