शुक्रबार, कार्तिक ७ गते २०८३

प्रोग्रेसिभ फाइनान्सले एसबी सोल्युसनसँगको सहकार्यमा शुरु गर्‍यो लोन अटोमेशन सिस्टम

श्रावण १२, २०७८ मंगलबार
प्रोग्रेसिभ फाइनान्सले एसबी सोल्युसनसँगको सहकार्यमा शुरु गर्‍यो लोन अटोमेशन सिस्टम

 

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रा.लि.सँगको सहकार्यमा क्रेडिट एक्स नामक लोन अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यस प्रणालीले इन्टर्नल लोन वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट एक समारोहकाबीच सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स, लोन अटोमेसन प्रणालीको थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर नभइ ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।

राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था प्रोग्रेसिभ फाइनान्स एक मजबुत र भरपर्दो बैकिंङ्ग सेवा स्थापित गर्न प्रतिबद्ध रहँदै आएको छ । कम्पनीका लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् ।  

एस्.बी. सोलुसन्सले डिजिहबसँगको सहकार्यमा बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलिमेन्टेसन गर्दै आईरहेको छ । साथै पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि यसले गर्दछ ।